भेग बहादुर थापा
आइतबार, असार १२, २०७९
बङ्गलाचुली स्युजा दाङ : बङ्गलाचुली १ रापधारा स्थित रहेको चुन ढुङ्गा खानी संचालनमा आउने भएको छ । यस अघि पटकपटक बन्द हुदै आएको उक्त खानी आज बङ्गलाचुली १ टेङ्टेङ खोला टोलमा बसेको बैठकले सो खानी सञ्चालान गर्न दिने निर्णय गरेको हो ।
आज असार १२ गते बङ्गलाचुली गाउपालिका १ कालिमाटी टेङ्टेङ टोलको बैठक , टोल विकास समितिका अध्यक्ष लीलाधर भण्डारीको अध्यक्षता एवम् उद्योगपति , टिप्पर व्यवसायी , जनप्रतिनिधि र बुद्धिजीवीहरुको उपस्तिथिमा रापधारामा सोनापुर सिमेन्ट उद्योगले उत्खनन गरिरहेको चुनढुङ्गा उत्खनन देखी उद्योगसम्म ओसारपसारका लागि छलफल गरि यस क्षेत्रमा चुनढुङ्गा उत्खननका लागि इजाजत प्राप्त गंगा माइन्स प्रा लि तथा शुभम खनिज उद्योग प्रा लि लाई विभिन्न सर्तहरू पुरा गर्न लगाइएको छ । जसमा सामान्य कुराहरू उल्लेख गरिएको देखिन्छ ।
स्थानीय सरकारको मातहतमा रहेकोे विद्यालयमा उद्योगले विद्यालय गेटपाले र एउटा शिक्षक राखिदिने भएको छ । त्यस्तै गाउँ टोलमा रहेको आमा समुहको भेला हुने भवनको मर्मत गर्ने सर्त राखेका छन जबकि यस्ता सानातिना काम सम्बन्धि वडा कार्यालयले पालिकाको सहमतिमा गर्न सक्छ ।
उक्त बैठकमा वडा नम्बर १ वासिन्दा बाहेक अरु कसैलाई पनि बोलाइएको थिएन र आएकालाई पनि यो हाम्रो मात्र छलफल हो तपाईं अन्य वडा वा बाहिरी व्यक्तिहरुको कुनै बोल्ने अधिकार पनि छैन र हामी बोल्न पनि दिदैनौ भनेका थिए । यसरी सुरुमै ठाडो चेतावनी दिएपछि कोही फर्किए कोही भने चुपचापले बैठक हेरेर बसे । यति मात्र हैन पालिका अध्यक्ष तथा उपाध्यक्ष समेत सहभागी हुन सकेनन् ।
यस ठाउँमा खानी सञ्चालन हुँदा यो ठाउँमा जस्तै अन्य सडक छेउछाउमा पनि उत्तिकै असर पर्नेगर्छ । यसरी अन्यत्रबाट आएकालाई सहभागी नगर्नुमा यस वडामा आफ्नै स्वार्थ रहेको र बाहिरका व्यक्तिको सहभागिता भयो भने ती स्वार्थ पुरा नहुने देखेपछि हामीलाई सामेल गराएनन एक व्यक्तिले भने ।
पालिकाले विगतमा राखेको सहमति पुरा गरे मात्र खानी तथा टिप्पर सञ्चालन गर्न दिने बताए पनि वडा बासिन्दाले सजिलै सहमति जनाएका छन । केहि दिन अघि एक्कासि टिप्पर खानी तर्फ जादा सडकमा उत्रिएका आज चुपचापले बसेको आरोप समेत लगाए ।
यसरी उद्योगपति र टिप्पर व्यवसायीले यस ठाउँमा सहमति गरेपनि अन्य गाउँ ठाउँमा कस्तो खालको सहमति हुने हो हेर्न बाकी छ । जनताले खानी सञ्चालन गर्नु हुन्न भनेका हैनन तर खानी सञ्चालन गरेपनि बैकल्पिक मार्ग खोल्नु पर्छ भन्ने धारणा राखेका छन ।
सामुदायिक भवन निर्माण देखि विद्यालयमा गेटपाले राख्ने सहमतिमा खानी संचालन
Date:


