spot_img

बर्दियाको मधुवनमा प्रहरी नै मल तस्करीमा !

Date:

शनिबार , असार १८, २०७९

बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर – ५ मा प्रहरीले नै भारतबाट मल तस्करी गराइरहेको भेटिएको छ ।

सुन्दा अचम्म लाग्न सक्छ तर मल नपाएर भौँतारी रहेका मधुवन नगरपालिकाका किसानहरुले ईलाका प्रहरी कार्यालय सानोश्री र ढोढरी मातहतबाट सिमा नजिक खटिएका प्रहरीहरूलाई ‘नजराना’ चढाएर मल ल्याउने गरेको स्रोतले बतायो ।

मधुवन वडा नम्बर ५ आसपासको जंगल भारतको बिछिया, आमाबर्दिया नाकासँग जोडिन्छ ।

स्रोतका अनुसार उक्त जंगलमा भारतीय तस्करहरुले “डिएपी” लगायतका मल ल्याएर लुकाएका छन । उक्त मल अहिले प्रहरीहरूले नै १२ सय रुपैयाँमा किसानलाई बेचिरहेका छ्न ।

स्रोतका अनुसार १० नम्बर र ११ नम्बर भनिने गाउँ आसपासका जंगलमा यो आपराधिक कार्य भइरहेको छ ।

स्रोतले जानकारी दिँदै भन्यो, ‘भारतीय सरकारले अनुदानमा आफ्ना नागरिकलाई दिने मल उतैका तस्करले जंगलमा लुकाएर राखेका छन । उक्त मल नेपाली किसानलाई १ हजार २ सयमा बिक्रीवितरण भइरहेको छ । भारतिय तस्करले ५ सय देखि ७ सय राख्छन भने बाँकी कमिसन स्वरुप प्रहरीले राख्ने गरेका छन ।’

मधुवन नगरपालिका वडा नम्बर ५ आसपासको जंगलमा मलको तस्करी कार्य भइरहेको छ भने केही प्रहरीहरु तस्करको सारथि बनिरहेका छ्न ।

किसानले सिधै गएर तस्करसँग मल पाउँदैनन । त्यहाँ खटिएका प्रहरीलाई १ हजार २ सय रुपैयाँ दिएपछि जंगल भित्र गएर एक बोरा मल पाइन्छ । अचम्म त के छ भने प्रहरीलाई रकम बुझायो भने तस्करले मल दिन्छन । पैसा प्रहरीले उठाउँछ मल तस्करले जंगलभित्रबाट ल्याएर दिन्छ्न ।

मल लिएर आएका एक किसानले नाम नखोल्ने शर्तमा ब्यंग्यात्मक शैलीमा भने, “सरकारले मल दिन सकिरहेको छैन, कम्तीमा यहाँका पुलिसले त घुसै खाएर भएपनि मल दिइरहेका छन ।”

ती किसानका अनुसार पैसा बुझाए प्रहरीले आफै तस्करहरुसँग कुरा गर्छ र त्यसपछि जंगलमा बोलाउँछ । जंगलबाट साइकलमा सहजै मल ल्याउन सकिन्छ ।

कृषिमा आत्मनिर्भर हुन खोजेको देशमा नै प्रहरीलाई कमिसन बुझाएर तस्करबाट मल ल्याएर आउनुपर्ने किसानहरूको बाध्यता छ । स्रोतका अनुसार सम्पुर्ण प्रहरीले नभएर मधुवन वडा नंबर ५ को भारतीय सिमा नजिक खटिएका प्रहरीहरूले यसरी किसानबाट पैसा उठाइरहेका छ्न ।
नेपाल कागज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...