भेग राज थापा
दाङ, असार ५ :– दाङको घोराही उपमहानगरपालिका–१ हर्नोकस्थित अम्बिका माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षाफलमा उल्लेखनीय सफलता हासिल गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको शैक्षिक सत्र २०८२ सालको कक्षा १२ को नतिजाअनुसार विद्यालयका ८५.७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालयले प्राप्त गरेको यो उपलब्धिलाई शैक्षिक गुणस्तर सुधारतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
विद्यालय प्रशासनका अनुसार उत्कृष्ट नतिजा शिक्षकहरूको निरन्तर मेहनत, विद्यार्थीहरूको लगनशील अध्ययन तथा अभिभावकहरूको सकारात्मक सहयोगको प्रतिफल हो। विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यस सफलतासँगै अम्बिका माध्यमिक विद्यालय जिल्लाकै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयहरूमध्ये एक बन्न सफल भएको छ। विद्यालयको यस उपलब्धिप्रति अभिभावक, शिक्षक तथा स्थानीय समुदायले खुसी व्यक्त गर्दै बधाई तथा शुभकामना दिएका छन्।


