spot_img

दशै समयमा राती घर माथी टिप्पर दुर्घटना हुँदा ६ जना घाइते घर पुर्णरुपमा ध्वस्त ।

Date:

भेग राज थापा
शनिवार , असोज ३१ ,२०८३,

दाङ काउले :- दाङको घोराही उपमहानगरपालिका १ काउलेमा गए राती टिप्पर सडक बाट घरमा ठोकिन पुग्दा ६ जना घाइते भएका छन । दशैको समयमा झन्डै अप्रिय घटना हुन बाट जोगिएको छ । गए राती करिब ११ बजे घोराही देखी तापा सगरमाथा सिमेन्टको चुनढुङ्गा लिन जादै गरेको लु. ०२०० ख ०७०९ नम्बरको खाली टिप्पर घोराही – मुर्कुटी सडक खण्डमा पर्ने काउले गाउँमा दुर्घटना भएको छ जहाँ चालक सुशील श्रेष्ठ अनि सह चालक गणेश दर्लामी घाइते भइ राति नै अस्पताल गएको जानकारी आएको छ भने सोही टिप्परले घोराही उपमहानगरपालिका १ काउले निवासी ५४ वर्षे गोरे वि. क. को घर पुर्णरुपमा क्षति गरेको साथै गोरेका घरमा रहेका ४ जना घाइते भएका छन ।

घाइते हुनेमा ५४ वर्षका गोरे वि. क. , ५० वर्षिया मिना वि. क. , १४ वर्षिया सिता वि. क. र ५ वर्षका शिशिर वि. क. रहेका छन । घरमा रातको समयमा सुतेको बेला घरमाथी टिप्पर आउँदा घर भत्किएर उनिहरु घाइते भएका हुन । त्यसैगरी सोही घरमा रहेका १८ वटा लोकल कुखुरा समेत मरेको जानकारी इलाका प्रहरी प्रमुख अन बहादुर पुनले जानकारी दिनुभएको छ ।

सडक हेर्दा निकै फराकिलो र सामान्य रहेको हुँदा यस्तो सजिलो ठाउमा किन र के कारण दुर्घटना भयो भनेर यकिन हुन नसके पनि रातको समयमा मापासे गरेर त्यो पनि सह चालकले उक्त टिप्पार चलाएको कारण यो दुर्घटना भएको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

परदेश बाटै उद्योगिहरुलाई चेतावनी :- हामी ती उद्योगका टिपरहरू जलाउनेछौं!

भेग राज थापा  दाङ बङ्गलाचुली :- दाङको बङ्गलाचुली गाउपालिका - ३...

धारपानी मेला व्यवस्थापनकाे तयारी अन्तिम चरणमा।

विमल याेगी दाङ,२ फागुन :- दाङकाे धारपानीमा यहि फागुन ३...