बुधबार , मंसिर ७,२०७९
देबका परियार
दाङ : घोराही उपमहानगरपालिका १ हर्नोक मा रहेको श्री अम्बिका माध्यामिक विद्यालयले ५७ औं वर्षमा पार गरि ५८ औं वर्षमा प्रवेश गरेको मा आफ्नो वार्षिकोत्सब मनाएको छ ।
श्री अम्बिका माध्यामिक विद्यालयको ब्यबस्थापन समितिका अध्यक्ष मदन कुमार न्यौपाने को अध्यक्षता एवम् यस बिद्यालय का पुर्व अध्यक्ष देबिराम थापाको प्रमुख आतिथ्यता मा सुरु भएको कार्यक्रम मा बोल्ने वक्ता हरुले श्री अम्बिका माध्यामिक विद्यालय पहाडी भेगको पहिलो हाइ स्कुल बन्यो तर कक्षा ११,१२ संचालन नहुनु मा समस्या के रहेको छ भन्ने विषय लाई उठाएका थिए ।
उक्त विषय मा विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पोख्रेलले आन्तरिक समस्या भएका कारण र विद्यार्थी टिकाउमा समस्या भएको साथै र यो वर्ष कक्षा १० मा अध्यक्षरत विद्यार्थीहरु अब कक्षा ११,१२ अध्ययन का लागि अन्यत्र जानू नपर्ने बताउनु भएको थियो ।
विद्यालयका शिक्षिका हुमा घिमिरेको स्वागत मन्तव्य बाट सुरु भएको उक्त कार्यक्रम को सहजीकरण बिद्यालय का शिक्षक मधुसुदन भट्टराई ले गर्नु भएको थियो भने कार्यक्रम को समापन कार्यक्रम का अध्यक्ष तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मदन कुमार न्यौपाने ले गर्नु भयो हो ।