spot_img

विराटनगरका केहि स्थानमा शनिबार विहानदेखि अनिश्चितकालीन निषेधाज्ञा ।

Date:

शनिबार , जेठ १३ , २०८०
दाङ :  कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ । प्रदेशको नाम कोशी राखिएको विरोधमा प्रदर्शन गर्दै आएका पहिचान समर्थकको आन्दोलन उग्र बन्ने शंकामा जिल्ला प्रशासन कार्यालय मोरङले विभिन्न ठाउमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अघि बिहान ६ बजेदेखि लागू भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले निषेधित क्षेत्रमा सर्वसाधारण तथा गाडी आवतजावतबाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको उल्लेख गर्नुभएको छ ।

प्रदेश सभा पूर्वमा देवकोटा चोकबाट पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रोडशेष चोकबाट दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको 300 मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकबाट पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

भोलिदेखि सुरु हुने कोशी प्रदेशको बर्खे अधिवेशन आन्दोलनकारीले प्रभावित पार्न सक्ने र आक्रमणकै डर भएकाले निषेधाज्ञा लगाइएको प्रशासनको भनाई छ । गएको फागुन १७ गतेको प्रदेश सभाको बैठकले कोशी नामाकरण गरेपछि प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

एक एक दिनको तलब जम्मा गरेर १५ लाख रुपैया भुकम्प पीडितहरुलाई सहयोग गर्दै घोराही उपमहानगर

आईतवार, कार्तिक १९, २०८० घोराही दाङ : दाङको घोराही उपमहानगरपालिकाले...

दाङ रामपुरको भोटेदहमा महायज्ञ लाग्ने

घोराही, १६ असोज दाङ : स्थानीय क्षेत्रमा आध्यात्मिक जागरण एवं...

दाङमा पोखराबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, १४ यात्रु

दाङ- दाङमा बस दुर्घटना भएको छ। पाोखराबाट सुर्खेत जाँदै...

दाङमा काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे रात्री बस दुर्घटना, २५ बढी यात्रु घाइते।

मंगलबार, असोज ०९, २०८० दाङ : काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे...