spot_img

दार्चुला महिला हत्या प्रकरण : मुख्य आरोपित पनि समातिए

Date:

धनगढी । दार्चुलामा एकल महिलाको हत्या गरेको आरोपमा प्रहरीले मुख्य आरोपितलाई पनि समातेको छ । मुख्य आरोपित शैल्यशिखर नगरपालिका-१ कै ४२ वर्षीय भोजराज खडायतलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । यससँगै प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । अर्का दुई आरोपितलाई भने प्रहरीले भाग्दै गर्दा बुधबार नै पक्राउ गरेको थियो । बुधबार बिहान शैल्यशिखर नगरपालिका-१ स्थित ४५ वर्षीया एकल महिला अमिमा खडायतको शव खरले जलाइएको अवस्थामा फेला परेको थियो । उनको शव फेला परेपछि घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । प्रहरीले तीन जनालाई पक्राउ गरेको भएपनि सबैको पहिचान खुलाइसकेको छैन । उनीहरूलाई पक्राउ गरेपछि सोधपुछको काम भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए । मृतक खडायतका श्रीमान् ७/८ वर्षअघि नै बितेका थिए । बुधबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

परदेश बाटै उद्योगिहरुलाई चेतावनी :- हामी ती उद्योगका टिपरहरू जलाउनेछौं!

भेग राज थापा  दाङ बङ्गलाचुली :- दाङको बङ्गलाचुली गाउपालिका - ३...

धारपानी मेला व्यवस्थापनकाे तयारी अन्तिम चरणमा।

विमल याेगी दाङ,२ फागुन :- दाङकाे धारपानीमा यहि फागुन ३...