spot_img

अम्बिका मा वि हर्नोकको अभिभावक भेला सम्पन्न : ११/१२ कक्षा सम्बन्धि छलफल ।

Date:

आइतबार, जेठ २९, २०७९, भेग बहादुर थापा मगर

दाङ हर्नोक : दाङको श्री अम्बिका माध्यमिक विद्यालय घोराही उपमहानगरपालिका वार्ड न . १ हर्नोकको शैक्षिक सत्र २०७९ को प्रथम अभिभावक भेला आज सम्पन्न भएको छ । आज भएको अभिभावक भेलामा स्वागत मन्तव्यमा बोल्दै उक्त विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पोख्रेलले विद्यालयमा रहेको विभिन्न खालको गतिविधि बारे प्रस्तुत गर्नुभएको थियो ।

विद्यालयको सम्पूर्ण गतिविधिको जानकारी दिदै गर्दा विशेष गरि यस विद्यालयमा सबै पक्ष चित्तबुझ्दो रहेकोे तर विद्यालय अध्ययनरत विद्यार्थीहरुले बिचैमा कक्षा छोड्नेको सङ्ख्या अलि दु:खद रहेको बताउनुभयो, यसलाई समाधान गर्न तर्फ सम्पुर्ण अभिभावक तथा शिक्षकले आ-आफ्नो तर्फबाट जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी यस कार्यक्रमका प्रमुख अतिथि तथा घोराही उपमहानगरपालिका वार्ड न १ को वडा अध्यक्ष एवम् घोराही नगरका स्वास्थ , शिक्षा र सामाजिक विकासका प्रबक्ता राममणि पाण्डेले आफ्नो मन्तव्य व्यक्त गर्दै गर्दा सर्वप्रथम बालबालिकालाई राम्रो शिक्षा दिनु छ भने सोचाइ ठुलो राख्नुपर्ने र त्यसैअनुरूप बालबालिकालाई ख्याल गर्न सकेमात्र सोचेको अनुसारको शिक्षामा उपलब्धि हुने बताउनुभयो । स्थानीय सरकारले विशेष शिक्षालाई प्राथमिकतामा राखेको छ तर यसलाई उपलब्धिमुलक बनाउन अभिभावकको महत्त्वपूर्ण भुमिका समेत रहेको पाण्डेले बताउनुभयो ।

यस कार्यक्रमका सभाध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन कुमार न्यौपाने तथा प्रमुख अतिथि घोराही उपमहानगरपालिका नगर कार्यपालिका शिक्षा , स्वास्थ तथा सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता राममणी पाण्डे को उपस्थितिमा सो भेला भएको थियो । त्यसैगरी भेलाको मन्तव्यमा यसै विद्यालयका शिक्षक प्रदिप के सि बाट सुरु भइ सभाध्यक्ष मदन कुमार न्यौपानेले सम्पन्न गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

परदेश बाटै उद्योगिहरुलाई चेतावनी :- हामी ती उद्योगका टिपरहरू जलाउनेछौं!

भेग राज थापा  दाङ बङ्गलाचुली :- दाङको बङ्गलाचुली गाउपालिका - ३...

धारपानी मेला व्यवस्थापनकाे तयारी अन्तिम चरणमा।

विमल याेगी दाङ,२ फागुन :- दाङकाे धारपानीमा यहि फागुन ३...