spot_img

जन्मदिनको अवसरमा शिक्षक योगीले गरे विपन्न तथा जेहेन्दार विद्यार्थिलाई शैक्षिक सामग्री वितरण ।

Date:

भेग राज थापा ,
शनिबार, पुस २६, २०८२,

दाङ :- दाङको घोराही उप-महानगरपालिका – १ हर्नोकमा रहेको श्री अम्बिका माद्यामिक विद्यालयमा कार्यरत शिक्षक बिमल योगोले आफ्नो जन्मदिनको अवसरमा सोही विद्यालयमा अध्ययनरत केहि विपन्न,अनुसाशित तथा जेहेन्दार विद्यार्थीलाई न्यानाे शैक्षिक सामग्री वितरण गर्नुभएको छ । शैक्षिक सामग्रीको अभावमा विद्यार्थीकाे पढाईमा असर नपुगाेस र विद्यार्थी सिकाइमा उत्प्रेणा जागोस भन्ने उदेश्यका साथ अम्बिका माविमा अध्ययरत कक्षा १ देखि १२ सम्मका २४ जना विद्यार्थीलाई कापी र कलम वितरण गरिएकाे हाे । घाेराही उप-महानगरपालिकाकाे विकट विद्यालयकाे रूपमा रहेकाे अम्बिका माविमा अध्ययन गर्ने अधिकांश विद्यार्थी गरिव तथा असहाय रहेका छन् । ति विद्यार्थीलाई शैक्षिक सामग्रीको अभाव कारण पढाइमा असर नपुगाेस भनेर विपन्न र जेहेन्दारलाई शैक्षिक सामग्री वितरण गरेकाे शिक्षक याेगीले जानकारी दिनुभयाे । साे विद्यालयमा अध्यापन गराउने हरेक शिक्षकहरूले जन्म दिन पारेर विद्यार्थी सहयाेगका कार्य गर्दै आएका छन् ।                                   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...