spot_img

अम्बिका माविमा शिक्षक , विद्यार्थी र अभिभावकविच विद्यालयकाे शैक्षिक गुणस्तर सुधारका लागि अन्तरकृया ।

Date:

बिमल योगी ,

मंगलबार , पुस २२ , २०८२

दाङ :- अम्बिका मावि हर्नाेक दाङकाे दाेश्राे त्रैमासिक परीक्षाकाे नतिजा प्रकाशन तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक सन्त बहादुर पुनकाे अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे थियाे । बिद्यालयका माध्यमिक शिक्षक मधुसुदन भट्टराईकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा आधारभूत तथा मावि तहकाे नतिजा परीक्षा समितिका संयाेजक भुपेन्द्र प्रकाश वली र प्रावि तहकाे नतिजा परीक्षा समितिका सदस्य विमल याेगीले सार्वजनिक गर्नुभएको थयाे । साे अवसरमा दाेश्राे त्रैमासिक परीक्षामा बालविकासदेखि कक्षा १२ सम्म प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियाे । साे अवसरमा बाेल्ने बक्ताहरूले विद्यालयकाे शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी,अभिभावक तथा शिक्षकविच समन्वयात्मक तरिकाले काम गर्नुपर्ने बताएका छन् । जव सम्म सामुदायिक विद्यालयमा अभिभावककाे चासाे हुदैन तव सम्म शैक्षिक गुणस्तर सुधार हुन नसक्ने उनिहरूले बताएका छन् । कार्यक्रममा घाेराही उप महानगरपालिका वडा नम्बर १ का सदस्य मदन कुमार न्याैपाने,अभिभावक तथा पत्रकार भेग बहादुर थापा,विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि प्रमाेद पन्थि लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियाे । कार्यक्रमकाे सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक हरिबहादुर विष्टले गर्नुभएको थियाे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...