London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

ठेकेदारको चरम लापरबाही: अझै डेढ घण्टा हिडेर मोबाइल चार्ज गर्न बाध्य उपमहानगरपालिका बासिन्दा ।

Date:

बुधबार, २६ माघ, २०७८, भेग बहादुर थापा मगर
कर्मकोट दाङ: दाङको घोराही उपमहानगरपालिका वार्ड न १ कर्मकोट, बस्तिकोट, रुपाचौर लगायतका गाउँमा विगत ३ वर्ष देखी विद्युत लाइन विस्तारमा लापरबाही देखिएको छ। समयमा नै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका ठेकेदार अहिले सम्म सम्पर्कमा आएका छैनन् । काम सुरु भएको समयमा एक वर्षमा नै गाउँमा बिजुली बाल्ने सपना देखेका स्थानीय अहिले निराश छन गाउको टोल टोलमा कतै पोल छैन कतै पोल छ तर तार छैन कतै तार बारीको पाता भरी छन कतै तारलाई रुखमा अल्झाएर राखिएको छ । किन र कहिलेसम्म यो ठाउँमा मात्र हैन नेपाल भरी जुनसुकै व्यक्ति वा कम्पनी जसले काम को ठेक्का लिएको हुन्छ उसले समयमा काम पुरा गर्दैनन् ।
दाङको केन्द्र घोराही हुँदा पक्कै पनि घोराही क्षेत्रमा अन्य क्षेत्रको भन्दा केही फरक विकास हुनुपर्ने हो तर विडम्बना घोराही उपमहानगरपालिका वार्ड न १ को सो गाउँ ठाउँमा विकासको कुनै नाम निशाना देखिदैन । उपमहानगरपालिका हुनु पुर्व सो ठाउको आधार वा कम्तीमा पनि हुनुपर्ने विकास के के हुन यसको बारेमा सम्बन्धित निकायलाई जानकारी भएकै होला तर यी गाउँ ठाउँमा त्यस्तो कुनै पनि आधारभूत विकास भएको जस्तो देखिदैन ।जनताले कर तिर्नुपरेमा उपमहानगरपालिकाको दर्जामा तर सेवा सुविधा भने गाउपालिका भन्दा पनि निम्न स्तरको किन र कहिलेसम्म ।
आजभन्दा ३ वर्ष अगाडि पुरै गाउलेले बिजुलीको पोल ओसारपसार गर्न सहयोग गरे जब कि यो काम सबै ठेकेदारको थियो । अझ वर्षादको झरी अनि साघुरो र चिप्लो बाटो आफ्नो ज्यानलाई जोखिममा पारेर साना केटाकेटी, युवायुवती,आधा वैसे र बुढाबुढी सबै मिलिजुली सहयोग गरे तर अहिले त्यो सहयोगको कुनै अर्थ लागेन । ठेकेदारले हामी एक वर्षमै यो गाउँमा बिजुली बाल्ने गरि काम गर्छौ भनेर आश्वासन दिएका थिए । यति मात्र हैन २ वर्ष अघिनै धेरै जसो घरधुरीले घर वाइरिङ्ग समेत गरेका छन तर समयमा बिजुली बोलेन ।
उपमहानगरपालिका जस्तो ठाउँमा पनि अहिलेसम्म बिजुली छैन भन्दा लाजमर्दो छ अझ भन्ने हो भने अहिले अनलाइन मिडियाको समय हो जो अपरिहार्य भएको छ जसकोलागि विद्युत नभइ हुदैन तर सामान्य मोबाइल चार्ज गर्न पनि डेढ घण्टा हेडेर एक दिनको कामलाई छाडेर जानू पर्ने बाध्यता छ यस गाउँ ठाउँमा बसोबास गर्ने नागरिकको । साझको समयमा घरमा काम चलाउ बत्ति सोलारले दिन्छ कहिलेकाही घाम नलाग्दा त्यो पनि हुदैन अनि अध्यारोमा खाना खानु पर्ने बाध्यता पनि उस्तै छ।
सरासर हेर्दा यसमा ठेकेदारले लापरबाही गरेको देखिन्छ तर पनि सम्बन्धित निकायलाई यसको बारेमा जानकारी गराउदा ठेकेदार सम्पर्कमा नआएको र सम्पर्कमा ल्याउने प्रयास भैरहेको सम्बन्धित वडाका वडा अध्यक्ष राममणी पाण्डेले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

प्रथम एच के क्रिकेट कपको उपाधी सप्तरङी फाटालाई

१४, कार्तिक २०८१, बुधवार हर्नोक :- दाङ घोराही उपमहानगरपालिका...

घरको पेटीबाट लडेर सल्यानमा एकजनाको मृत्‍यु ।

६ कार्तिक मंगलबार, २०८१, सल्यान:- सल्यानमा घरको पेटीबाट लडेका एक...

बाग्लुङमा पुनः निर्माण गर्दै गरेको घर भत्किदा एकको मृत्‍यु ११ घाइते ।

२९ भदौ, २०८१ , ढोरपाटन (बागलुङ) :- बागलुङको बुर्तिबाङमा...

रोल्पामा जिप पल्टिदा ८ जनाको ज्यान गयो पहिचान खुल्न बाँकी ।

रोल्पा:-  रोल्पाको माडिगाउँपालिका ३ परेवामा जिप दुर्घटना हुँदा ८...