बझाङ: भाइबुहारीलाई ब`लात्कार गरेको आ`रोपमा बझाङमा एकजना प`क्राउ परेका छन् । २२ वर्षीया आफ्नै भाइबुहारीलाई ब`लात्कार गरेको आ`रोपमा प्रहरीले आइतबार ४२ वर्षीय जेठाजुलाई प`क्राउ गरेको हो ।
गो`पनियताका कारण पीडकपीडित दुवैको नाम भने प्रहरीले गोप्य राखेको छ । १२ चैतको बेलुकी युवतीको कोठाभित्र प्रवेश गरी हात र मुख च्यापेर जब`रजस्तीकरणी गरेको भन्ने पीडितले १३ चैतमा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
उजुरीपछि परिचालन गरिएको प्रहरीले टोलीले ती पुरुषलाई केदारस्युँ गाउँपालिका–१, देउरा बजारबाट प`क्राउ गरिएको डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए । आइतबार नै स्वास्थ परीक्षण गरी युवतीलाई महिला सुरक्षित आवास गृह सेभ हाउसको जिम्मा लगाइएको छ ।
भाइबुहारी ब`लात्कारको आ`रोप लागेका जेठाजुलाई नियन्त्रणमा लिइ जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाएर जिल्ला अदालत बझाङले सोमबार ३ दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ । source : pharakdhar


