शनिबार, चैत १९,२०७८
भेग बहादुर थापा मगर
दाङ : पछिल्लो समय प्रबिधिको विकाससँगै हरेक ठाउँमा रहेको कलाहरु एक पछी अर्को भाइरल हुदै आएको देखिन्छ । अहिले सामाजिक संजाल भरि नयाँ नयाँ अभिनय प्रस्तुत गरिएको पाइन्छ त्यसमाथि पनि कुनै घटना तथा परिकल्पना गरेर निर्माण गरिएको भिडियो सामग्री भेटिन्छन् यसले नेपाली चलचित्रमा केहि प्रत्यक्ष वा अप्रत्यक्ष असर पारेको छ। यी र यस्ता नयाँ नयाँ कुरालाई झेल्दै यतिबेला दाङ जिल्लामा राष्ट्रिय स्तरको चलचित्रमा सकारात्मक सन्देश पैदा गर्ने गरि `झिल्के´ नामक चलचित्रको छायांकन दाङकै कलाकारहरुको अभिनयमा दाङको पर्यटकिय स्थल बङ्गलाचुली लगाएत अन्य ठाउँमा छायांकन गरिएको छ।
मोफसलबाट उदाएका निर्देशक सुदन थापाको निर्देशनमा बनेको चलचित्र ‘झिल्के´ रिलिज हुने तयारीमा रहेको छ । दङ्गालीहरुकै लगानीमा दाङकै पर्यटकिय स्थलमा छायांकन गरिएको चलचित्र ‘झिल्के’ को टेलर यसै साता सार्वजनिक गर्ने तयारी रहेको छ । लामो समय देखि दाङमा रहि चलचित्र निर्देशन गरेका सुदन थापा मोफसलकै उत्कृष्ट युवा निर्देशक हुन् ।
कलाकारिता ,संचारक्षेत्र ,अभिनय र निर्देशनमा रुची राख्ने थापाको यस अगावै गाउकी साइली,लर्के जोबन,पासा हान्दा भटिएकि केटी जस्ता चलचित्रहरु निर्देशन गरिसकेका छन भने राष्ट्रिय स्तरका चलचित्रमा अभिनय समेत गरेका छन् ।
झिल्केमा ग्रमीण परिवेशको गरीबी र अभाबग्रस्त युवाको जिवनकथालाई कलात्मक ढंगले उठान गरिएको निर्माण पक्षले बताएको छ । चलचित्रमा अभाव र बाध्यताले आफ्ना इच्छा र चाहनालाई कुण्ठीत गर्दै बिदेशिनु परेको युवाको कष्टप्रद जिवनलाई उजागर गर्ने प्रयत्न गरिएको छ । चलचित्रमा बिदेशीएको युवाको सपना र उसको दबित रहेको आकांक्षालाई कारुणीक ढंगले प्रस्तुत गरिएको निर्माण पक्षको दाबी छ ।
थापाको लेखन तथा निर्देशन रहेको चलचित्रमा उनको आफ्नै अभिनय समेत रहेको छ । चलचित्रमा पछिल्लो समय टिकटक स्टार बनेकी लक्ष्मी थापाको मुख्य भुमिका रहेको छ । यस्तै बालकलाकारको भुमीकामा राजेश पायल राईको सै हँमा मा उत्कृष्ट अभिनय गरेकि ११बर्षीय मिरिध्या महराको अभिनय रहेको छ भने कलाकारहरुमा नवीन डागी , बाबुराम डागी , निता पुन , रोजन रोका , मनोज राना , रुचा मगर , अर्जुन हमाल , गोपाल नेपाली , विजय सुनार , गणेश सुनार लगाएत अन्य कलाकारहरु रहेको जानकारी थापाले गराएका छन भने यस चलचित्र `झिल्के´ को निर्माता भेग बहादुर थापा मगर पनि दाङकै हुन ।
कम लगानी र अत्यावश्यक स्रोत साधनको अभावमा समेत मोफसलबाट सही कथावस्तुको सामाजिक यथार्थता उजागर गर्ने उदेश्यले निर्माण गरिएको उक्त चलचित्र दाङकै भुमीमा छायांकन गरिएको हो । फिल्ममा अन्य कलाकार समेत दाङकै रहेका छन् ।
दाङलाई फिल्म नगरीकोरुपमा विकास गरि कम बजेट र प्रबिधिको अभाबमा समेत स्तरिय चलचित्र बनाइएको चलचित्र युनिटले बताएको छ । ग्रामीण परिवेशको गरीबी र अभावले आफ्ना सपना पूरा गर्न नसकी परदेशिनु परेको युवाको कथालाई कलात्मक ढंगले उजागर गरिएकाले दर्शकहरुले रुचाउने निर्माण पक्षले अपेक्षा गरेको छ ।
फिल्मको छायांकन लगायत सबै काम सकिएको र यसै साता फिल्मको ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको निर्देशक सुदन थापाले जानकारी दिएका छन् । जिल्लाका रहेका प्रतिभावान कलाकारहरुको कला प्रष्फुटन गर्दै मोफसलमा पनि कलकारिताको भबिस्य छ भन्ने दर्शाउन फिल्म निर्माण गरिएको निर्देशक थापाले बताए ।