मङ्गलबार, बैशाख २७,२०७९
भेग बहादुर थापा मगर
दाङ बङ्गलाचुली : नेपालमा यतिबेला सबैलाई चुनावी माहोलले निकै व्यस्त बनाएको छ । यही आउदो २०७९ बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावका लागी निकै प्रतिस्पर्धा देखिन्छ सबै पालिका तथा वडा तिर आ आफ्नो चुनावी एजेन्डा बोकेर उम्मेद्बारहरु मतदाताका घर घरमा भोट माग्न पुग्ने गरेका छन ।
दाङको एक मात्र पहाडी तथा विकटमा रहेको पालिका बङ्गलाचुली गाउँपालिका जहाँ विगत पाँच वर्षको अन्तरालमा विकासले केहि मुहार फेर्दै छ । यही पालिकाको चार नम्बर वडामा नेकपा माओवादी केन्द्र बाट वडा अध्यक्षमा उम्मेद्बारी दिनुभएको लाल बहादुर गिरिले पनि आफ्नै एजेन्डा लिएर जनताको माझमा आफूलाई भोट दिन मतदातालाई अपिल गर्नुभएको छ यसै क्रममा उहाले जनता प्रति राखेका प्रतिबद्धता यस्तो छ ।” सबैले गाउँ ठाउको विकासलाई प्राथमिकता दिएका छन तर मैले व्यक्तिको स्तर उन्नतिमा जोड दिएको छु । आशा छ मलाई जिताउनु हुनेछ अघिल्लो कार्यकालमा यहि वडामा वडा सदस्य भएर काम गरे अहिले वडा अध्यक्षमा उम्मेद्बारी दिएको छु र मैले वडा अध्यक्षको पदमा रहेर काम गर्न पाए भने यस वडा बासिको व्यक्तित्व विकासमा जोड दिनेछु ।
गाउँमा विकास गरेपनि आम जनताको आर्थिक उन्नति हुन सकेन पहिला व्यक्तिको विकास भयो भने बल्ल अन्य विकास गर्न सहजीकरण हुन्छ त्यसैले पहिलो प्राथमिकता शिक्षा हो गाउँमा रहेको भौगोलिक अवस्था अनुसार शिक्षाको उन्नति गर्नेछु ।
हाम्रो देश नेपाल कृषिप्रधान देश हो तर आत्मनिर्भर हुन सकेको छैन यसमा मेरो थोरै धेरै भएपनि प्रयास हुनेछ किनकि मेरो वडामा कृषिलाई पनि प्राथमिकतामा राखेको छु परम्परागत कृषिलाई भन्दा आधुनिकतामा आधारित र आर्थिक रुपले सम्पन्न हुने खालको कृषिमा जोड दिएको छु । किसानलाई बीउ मलको अनुदान दिनु भन्दा पनि आफै किसानको खेतबारीमा गएर बिउ बिजन प्रदान गर्नेछु अझ भन्नू पर्दा मेरो एजेन्डा कुनै ठुलो हैन र छैन पनि किनभने एजेन्डा मात्र भएर हुदैन जनतामा काम गर्नु ठुलो हो क्षमताको आधारमा नै काम गर्नुपर्छ । म ढुक्क छु सम्पुर्ण वडा बासिन्दाले आफ्नो अमुल्य मत मलाई दिनुहुन्छ किनभने अघिल्लो कार्यकालमा मैले वडा सदस्यमा रहेर काम गर्दा धेरै कुराको अनुभव गरेको छु के कसरी कहाँ कुन विकास गर्दा उपयुक्त हुन्छ भनेर । मेरो कुनै व्यक्तिगत स्वार्थको लागी कुनै विकासका काम गरेको जस्तो लाग्छ भने सिधै मलाई भन्न सक्नुहुनेछ । म एउटा जनताको सेवकको रुपमा रहेर काम गर्नेछु । ” गिरिले बताउनुभयो ।
एजेन्डा भन्दा काम ठुलो, गाउँ होइन व्यक्तित्व विकास हुनुपर्छ : गिरि
Date: