London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

भट्टराई पक्षले छाड्यो जसपा : नयाँ पार्टी गठनको तयारी

Date:

शुक्रबार, असार ३१, २०७९

काठमाडौँ — जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नयाँ पार्टी गठन गर्ने निर्णय गरेका छन् । मंगलबार र बुधबार काठमाडौंमा बसेको भट्टराई पक्षको विस्तारित बैठकले जसपालाई पुनर्गठन गरी नयाँ पार्टी बनाउने निर्णय गरेको हो ।बैठकले नयाँ पार्टीको नाम र संरचनाबारे निर्णय गर्ने अधिकार जसपाबाट अलग भएका केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई दिएको छ । विस्तारित बैठकमा बुधबार भट्टराईले पार्टी नयाँ गठन गर्ने जिम्मेवारी केन्द्रीय कार्यकारिणी सदस्यलाई दिएको बताए । बैठकमा भट्टराईले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पार्टी चल्न नसक्ने भन्दै विभाजनको जोखिम उठाउनुपरेको बताए । ‘उहाँ (यादव) कै कारण अलग हुनुपरेको हो,’ उनले भने, ‘यसलाई पार्टी फुटेको भन्दा पनि अलग हुने निर्णय गरेका हौं ।’नयाँ राजनीतिक शक्ति निर्माणका लागि सात वर्षअघि माओवादीबाट अलग भएका भट्टराई नयाँ शक्ति पार्टी हुँदै जसपामा सामेल भएका थिए । वैकल्पिक शक्तिमा मिसिन चाहने दलहरूलाई उनले आह्वान गरेका छन् । भट्टराई पक्षधरको नयाँ पार्टीले आगामी चुनावमा अन्य पार्टीसँग तालमेल गर्न सकिने निष्कर्ष निकालेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र पश्चिम तराईमा रमेश चौधरीको नागरिक उन्मुिक्त पार्टीसँग तालमेल हुन सक्ने भट्टराईले जानकारी दिए । ‘केही स्थानमा आवश्यक परेको खण्डमा कतै एमाले, माओवादी र कांग्रेससित पनि चुनावी तालमेल हुन सक्छ,’ उनले भने ।

कार्यकारिणी समिति सदस्य प्रशान्त सिंहले बुधबार बैठकले अलग पार्टी बनाउने निर्णय गरेसँगै नयाँ पार्टीको नामदेखि सदस्य संख्या बढाउनेसम्मका कार्ययोजना बनाइरहेको बताए । जसपाभित्र बहुमत जुटाउन हस्ताक्षर गरिएकामा २ सय ३० जना कार्यकारिणी सदस्यले पक्षधरमा हस्ताक्षर गरेको उनको दाबी छ । ‘कतिपय त अध्यक्ष यादवले कारबाही गर्नुहुन्छ भनेर दुवै बैठकमा उपस्थित भएका छैनन्’, उनले भने, ‘उनीहरूलाई साथमा लिन्छौं ।’ उपस्थित केन्द्रीय कार्यकारिणी सदस्यलगायत अधिकांश नेताले विपरीत विचार भएका नेतृत्वसँग संघर्ष गरेर बस्नुभन्दा अर्को पार्टी खोलेर वैकल्पिक राजनीति गर्ने धारणा राखेको बताए । नयाँ पार्टीको नाम, झन्डा, चुनाव चिह्नका लागि भट्टराईले सिंह, डम्बर खतिवडा, गंगानारायण श्रेष्ठ, रमेश यादव, महिन्द्रराय यादव र हिसिला यमीलाई जिम्मेवारी दिएका छन् । ‘निर्वाचनअघि नै पार्टी निर्माण गरिसक्नुपर्नेछ,’ सिंहले भने, ‘समय थोरै छ, प्रक्रिया छिट्टै अघि बढ्छ ।’

२०७६ वैशाख २३ मा तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएको थियो । २०७७ वैशाख १० मा राष्ट्रिय जनता पार्टीसँग मिलेर जनता समाजवादी पार्टी बनेको थियो । तर, तीन वर्ष नपुग्दै महन्थ ठाकुर, राजेन्द्र महतोसहितका राजपा पृष्ठभूमिका नेता अलग्गिएर लोसपा गठन गरेका थिए । अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीमाथि असन्तुष्ट जनाउँदै ठाकुरसहितका नेता अलग्गिएका थिए भने अहिले भट्टराई पक्षधरले पनि उपेन्द्रकै कार्यशैलीमा प्रश्न उठाएका छन् ।

काठमाडौंको बैठकले अलग पार्टी बनाउने निर्णय गरेलगत्तै यादव पक्षधरको बैठकले भट्टराईसहित नौ जनालाई जसपाबाट हटाउने निर्णय गरेको छ । वीरगन्जमा बसेको यादव पक्षधरको बैठकले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित नौ जनालाई कारबाही गरेको हो । केन्द्रीय सदस्य एवं वन तथा वातावरणमन्त्री प्रदीप यादवले अर्को दल गठन गर्ने निर्णय गरेकाले भट्टराईसहित नौ जनालाई केन्द्रीय समिति बैठकले तत्काल पदमुक्त गर्ने निर्णय गरेको बताए ।

वीरगन्जमा बुधबारदेखि यादव पक्षको केन्द्रीय समिति बैठक चलिरहेको छ । जसपा स्रोतका अनुसार तत्काल पदमुक्त हुनेमा भट्टराई, हिसिला यमी, महिन्द्रराय यादव, रमेश यादव, प्रशान्त सिंह, दुर्गा सोब, गंगानारायण श्रेष्ठ, भक्तबहादुर शाह र दानबहादुर चौधरी छन् ।     kantipur

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

प्रथम एच के क्रिकेट कपको उपाधी सप्तरङी फाटालाई

१४, कार्तिक २०८१, बुधवार हर्नोक :- दाङ घोराही उपमहानगरपालिका...

घरको पेटीबाट लडेर सल्यानमा एकजनाको मृत्‍यु ।

६ कार्तिक मंगलबार, २०८१, सल्यान:- सल्यानमा घरको पेटीबाट लडेका एक...

बाग्लुङमा पुनः निर्माण गर्दै गरेको घर भत्किदा एकको मृत्‍यु ११ घाइते ।

२९ भदौ, २०८१ , ढोरपाटन (बागलुङ) :- बागलुङको बुर्तिबाङमा...

रोल्पामा जिप पल्टिदा ८ जनाको ज्यान गयो पहिचान खुल्न बाँकी ।

रोल्पा:-  रोल्पाको माडिगाउँपालिका ३ परेवामा जिप दुर्घटना हुँदा ८...