spot_img

सर्लाहीमा १८ वर्षीय युवकको बीभत्स हत्या, सेफ्टी ट्यांकीमा भेटियो शव

Date:

 

सर्लाही : सर्लाहीमा एक युवकको बीभत्स हत्या भएको छ। हरिपूर्वा नगरपालिका–३ धनकौल निवासी रामसोगारथ रायका १९ वर्षीय छोरा सुशीलकुमार रायको हत्या भएको हो।

स्थानीय आधारभूत विद्यालयमा शौचालयको सेफ्टी ट्यांकीका लागि खनिएको खाडलमा सोमबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय (सर्लाही) का डीएसपी विजय यादवले जानकारी दिए।

‘धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ,’ डीएसपी यादवले भने, ‘हत्या कसले र किन गर्यो खुलेको छैन। हामी थप अनुसन्धान गरिरहेका छौँ।’

आफन्तका अनुसार रोजगारीको लागि भारत गएका सुशील केही दिनअघि मात्रै घर आएका थिए। उनी गएको शुक्रबारदेखि बेपत्ता थिए।

पोस्टमार्टमका लागि प्रहरीले शव प्रादेशिक अस्पताल (मलंगवा) पठाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

परदेश बाटै उद्योगिहरुलाई चेतावनी :- हामी ती उद्योगका टिपरहरू जलाउनेछौं!

भेग राज थापा  दाङ बङ्गलाचुली :- दाङको बङ्गलाचुली गाउपालिका - ३...

धारपानी मेला व्यवस्थापनकाे तयारी अन्तिम चरणमा।

विमल याेगी दाङ,२ फागुन :- दाङकाे धारपानीमा यहि फागुन ३...