बिहीवार , भदौ २, २०७
दाङ : ´हनि ट्रयाप`को घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।दाङको घोराही उपमहानगरपालिका १० नारायणपुरबाट एक व्यापारीलाई हनिट्रयापमा पारेको आरोपमा दाङका विभिन्न स्थानबाट एक युवक र चारजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार घोराही १० नारायणपुरको एउटा गिरोहले एकजना व्यापारीसँग प्रेमको नाटकगरी शारीरिक सम्बन्ध राखेर पछि बलात्कारको मुद्दा हाल्ने भन्दै रकम असुलेको थियो । सोहि अभियोगमा दिलिपकुमार वली,शर्मिला नेपाली,शान्ता नेपाली,पार्वता डाँगी रदेवा डाँगी पक्राउ परेका छन् । उनीहरूलाई अपराधिक लाभको कसुरमा म्याद थपगरी प्रहरीले अनुसन्धान थालेको छ । पक्राउ परेकापाँचै जना घोराही १० नारायणपुरका स्थायी बासिन्दा हुन् । स्रोतका अनुसार सोही घटनामा संलग्न भएका अजय बुढाथोकी भने फरारछन् । प्रहरीले उनको खोजीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरेको छ । उक्त समुहले साउन २७ गते एकजना व्यापारीसँगशारीरिक सम्बन्ध राखे बापत १ लाख रूपैयाँ नगद लगेको र सोहि दिन दिउँसो थप रकम नदिए बलात्कारको मुद्दा हाल्ने भन्दै धम्कीदिएपछी ती व्यापारीले ११ लाखको चेक त्यो गिरोहलाई दिएका थिए । हनि ट्रयापको गिरोहलाई चेक दिएपछी विक्षिप्त भएका तीव्यापारी सोही दिन जिप्रका पुगेका थिए ।
उनको उजुरीपछी दाङ प्रहरी प्रमुख सुरेस काफ्लेले उक्त गिरोह पक्राउ गर्न प्रहरी परिचालन गरेका थिए । काफ्ले अपराध न्यूनीकरणमाअब्बल प्रहरी अधिकारीका रूपमा परिचित छन् । भिडियो