spot_img

हराएको मान्छे टिकटकमा देखे तर भेट्न सकिएन ।

Date:

दाङ घोराही : अर्घाखाँचीको सन्धीखर्क–२ मसाल बजारका ४० वर्षीय दुर्गा काफ्ले मंसिर २ गतेदेखि सम्पर्कविहीन भएपछि खोजीमा रहेको परिवार घोराही आएको छ ।

कैलालीको अत्तरियामा रहेको मामाघर जाने भनेर निस्किनुभएका काफ्ले कपिलवस्तुको गोरुसिंगेबाट सम्पर्क बिहीन हुनुभएको थियो । २५ दिनदेखि सम्पर्कबिहीन भएका काफ्लेलाई २६ औं दिनमा टिकटकमा देखेपछि श्रीमती रीता काफ्ले घोराही आउनुभयो । घोराही–१८ नवलपुरमा बंगलाचुली जाने सडकमा बंगलाचुलीका पुष्कर अधिकारीले मंसिर २७ गते सार्वजनिक गरेको टिकटकमा काफ्ले रातो गलबन्दीमा देखिनुभएको छ ।

टिकटकमा श्रीमानलाई देखेपछि श्रीमती रीता काफ्ले खोज्दै बुधबार घोराही आउनुभयो । रीता घोराही आए पनि श्रीमान फेला पार्न सक्नुभएको छैन । सडकमा छरिएको सुन्तला टिपेको भिडियोमा काफ्ले हिड्दै गरेको देखिएको छ । अर्घाखाँची र कपिलबस्तुमा श्रीमानलाई खोजिरहनुभएकी रीता आफन्तीका साथ बुधबार दाङ आउनुभएको हो । श्रीमान नभेटिएपछि बुधबार नै घर फर्किनुभएको छ ।

काफ्लेले मंसिर २ गते बेलुका ५ बजे फोन गरेर गोरुसिंगे बसेको जानकारी गराउनुभएको थियो । भोलिपल्ट मामाघर पुगेर फोन गर्छु भन्नुभएका काफ्ले त्यसपछि सम्पर्कबिहीन हुनुभएको थियो ।

पीडित परिवारले दुर्गाको खोजीका लागि प्रहरीलाई समेत जानकारी गराएको थियो । दुर्गालाई देख्ने र भेट्नेले ९८४१५८८३४९ मा सम्पर्क गर्न तथा नजिकको प्रहरीलाई जानकारी गराइदिन अपिल गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

परदेश बाटै उद्योगिहरुलाई चेतावनी :- हामी ती उद्योगका टिपरहरू जलाउनेछौं!

भेग राज थापा  दाङ बङ्गलाचुली :- दाङको बङ्गलाचुली गाउपालिका - ३...

धारपानी मेला व्यवस्थापनकाे तयारी अन्तिम चरणमा।

विमल याेगी दाङ,२ फागुन :- दाङकाे धारपानीमा यहि फागुन ३...