घोराही उपमहानगरपालिकाले राप्ती आँखा अस्पताल रक्षा चौरलाई आँखा जाँच गर्ने एक थान अत्याधुनिक मेसिन हस्तान्तरण गरेको छ । पाँच बर्ष देखि नगर भित्र बसोबास गर्ने नागरिकहरुको मोतिया बिन्दुको अप्रेशन गर्न लाग्ने खर्च व्यहोर्दै आएको घोराही उपमहानगरपालिकाले आँखा अस्ताललाई झण्डै पाँच लाख रुपैयाँ बराबर मूल्य पर्ने मेसिन हस्तान्तरण गरेको हो । नगर प्रमुख श्री नरुलाल चौधरी, उपप्रमुख हुमा डिसी, प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे, जनस्वास्थ्य प्रबद्र्धन शाखाका सहसंयोजक ठाकुर खनाल सहितको टोलीले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सन्तोष सुबेदीलाई हस्तान्तरण गरिएको हो । अहिले सम्म उपमहानगरले ५ सय जना मोतियाबिन्दु भएका व्यक्तिहरुको आँखाको अप्रेशन गर्दा लाग्ने खर्च व्यहोरेको छ ।
source :


