छैटौं राष्ट्रिय मनास्लु सर्बोत्कृष्ट गायक २०७९ को अवार्डबाट सम्मानित हुनुभएका रोल्पाली आधुनिक गायक तथा सर्जक इन्द्र पाखे मगरलाई राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला शाखा रोल्पाले एक कार्यक्रमकाबिच सम्मान गरेको छ ।
बुधबार बसेको प्रतिष्ठानको बैठकले गायक पाखेलाई अबिर एवम खादा ओढाएर उज्ज्वल सांगीतिक भविष्यको कामना गर्दै सम्मान गरेको हो ।
नेपाली आधुनिक,लोक पप तथा रोल्पाली र्याप स्टारको रुपम समेत परिचीत पाखेका करिब आधा दर्जन भन्दा बढी आधुनिक, लोक पप तथा र्यापहरु बजारमा उपलब्ध रहेका छन ।
गायक पाखे दशकौंदेखि सांगीतिक क्षेत्रमा क्रियाशिल रहेका छन । बैठकले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको लुम्बिनी प्रदेश अधिवेशनको लागि प्रतिनिधि समेत छनोट गरेको छ ।जसमा प्रतिष्ठानका जिल्ला अध्यक्ष दिपिन थापा मगर, निवर्तमान अध्यक्ष मिलन रोका मगर,सचीव राजन बुढा,कोषाध्यक्ष दल कुमार रोका, उपाध्यक्ष सागर बाबु पुन,सदस्य बिरसिंह घर्ती, सुन्दर पुरुष अनुराग,सदस्य लालकुमारी वली,जसमाया पुन र उपाध्यक्ष भिम वलीलाई छनोट गरिएको छ ।
साथै बैठकमा निवर्तमान अध्यक्ष रोकाले आफ्नो कार्यकालको आर्थिक एवम जेन्सी सामान हरुको बारेमा नवनिर्मित कार्यसमितिलाई जानकारी गराएका थिए ।
प्रतिष्ठानका अध्यक्ष दिपिन थापाको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष मिलन रोका, उपाध्यक्ष सागर बाबु पुन र कोषाध्यक्ष दल कुमार रोका लगायत कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो कार्यक्रमको सन्चालन सह सचीव विष्णु बगरले गरेका थिए । साथै प्रतिष्ठानको अर्को बैठक माघ २१ गते बस्ने समेत बैठकले निर्णय गरेको छ ।।


