spot_img

मिडियाको हेडलाईन बदल्न सक्दिन तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु : गृहमन्त्री रबि

Date:

७ माघ, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले फरार भएका पुराना आरोपीहरू समातिने बताएका छन् ।

कर्तव्य ज्यान मुद्दामा फरार सांसदकै अघिपछि लागेको आरोप लागिरहेका बेला गृहमन्त्री लामिछानेले पुराना समातिने मात्र नभइ धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने हेक्का राखेको बताएका हुन् ।

आफूले हिजो बोलेका शब्दशब्दको हेक्का रहेको बताउँदै गृहमन्त्री लामिछानेले भनेका छन्, ‘पुराना ‘फरार’हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ ।’
उनले भोट माग्दा गरेका वाचाहरू नबिर्सिएको बताएँदै जनताको जीवन बदल्न मेहनत गरिरहेको बताएका छन् । ‘धुलो धेरै छ, पुरानो छ.. थोरै पर्खिनु चाहिँ पर्छ !’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

कर्तव्य ज्यान मुद्दामा फरार भएका महोत्तरी -१ बाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीको विषयमा प्रतिनिधि सभामै सांसदले गृहमन्त्री लामिछानेसँग जवाफ मागेका थिए ।
संसदमा सबै कुरा प्रक्रिया अनुसार हुने बताएका गृहमन्त्री लामिछानेले शुक्रबार सांसद महतोलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

परदेश बाटै उद्योगिहरुलाई चेतावनी :- हामी ती उद्योगका टिपरहरू जलाउनेछौं!

भेग राज थापा  दाङ बङ्गलाचुली :- दाङको बङ्गलाचुली गाउपालिका - ३...

धारपानी मेला व्यवस्थापनकाे तयारी अन्तिम चरणमा।

विमल याेगी दाङ,२ फागुन :- दाङकाे धारपानीमा यहि फागुन ३...