spot_img

हर्नोकमा ३ दिने च्याउ खेती सम्बन्धि तालिम सुचारु

Date:

बुधबार , माघ २५, २०७९
भेग बहादुर थापा मगर
हर्नोक दाङ : दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नोकमा आज देखि ३ दिने च्याउ खेती सम्बन्धि तालिम सुचारु भएको छ। वडा कार्यालय काडाकुट्टिको आयोजनामा संचालित तालिममा करिब ३० जनाको सहभागिता रहेको छ । उक्त तालिममा सहभागी भएका व्यक्तिहरु निकै उत्साहपूर्ण रुपमा सिप सिक्दै छन । सो तालिममा सिप प्रदान गर्न अथवा प्रशिक्षणको रुपमा सोही वडाका कृषि प्राविधिक त्रिपुरा खड्का र व्यवसायिक रुपमा विभिन्न कृषि सम्बन्धी तालिम दिदै आएका घोराही १० का गीता राउत सहभागी हुनुहुन्छ ।

वडा न १ मा पर्ने हर्नोक, काउले, औंलाबास लगायतका बासिन्दालाई आत्मनिर्भर हुने गरि यो सीप तथा तालीम प्रदान गरिदै छ ।त्यसैगरी भौगोलिक तथा वातावरणीय हिसाबले यो गाउँ च्याउ खेतीको लागी उपयुक्त रहेको र आगामी दिनहरूमा च्याउ उत्पादन गर्दा कुनै प्राविधिक समस्या देखिए त्यसको समाधान गर्न आफू पेसागत र व्यक्तिगत रूपमा सधै कृषकको लागी सेवामा रहने वडाका कृषि प्राविधिक त्रिपूरा खड्काले बताउनुभयो । आगामी दिनहरुमा सामुहिक च्याउ खेती गरी व्यसायिक रुममा काम गर्ने योजना समेत रहेको वडा अध्यक्ष राममणी पाण्डेले जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

परदेश बाटै उद्योगिहरुलाई चेतावनी :- हामी ती उद्योगका टिपरहरू जलाउनेछौं!

भेग राज थापा  दाङ बङ्गलाचुली :- दाङको बङ्गलाचुली गाउपालिका - ३...

धारपानी मेला व्यवस्थापनकाे तयारी अन्तिम चरणमा।

विमल याेगी दाङ,२ फागुन :- दाङकाे धारपानीमा यहि फागुन ३...