spot_img

सर्पको टोकाइबाट रुकुममा सुत्केरीसहित २ महिलाको मृत्यु

Date:

पश्चिम रुकुम  :  रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित २ महिलाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका १३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र सानीभेरी गाउँपालिका १ जगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको मृत्यु भएको हो । विष्टलाई मङ्गलबार दिउँसो बारीमा गाईवस्तुलाई घाँस काट्ने क्रम सर्पले टोकेको थियो । सोही दिन राति विष्टले छोरीलाई जन्म दिएकी थिइन्

तर, सुत्केरी आमाको रक्तश्राव नरोकिएपछि उपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो । सर्पको विष शरीरमा फैलिएको र रक्तश्रावका कारण बुधबार बिहान मुत्यृ भएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए । शिशुको पनि अवस्था गम्भीर रहेकाले रेफर गर्न लागिएको अस्पतालले जनाएको छ ।

शिशु जन्मने अवधि कात्तिक महिना भए पनि समय नपुग्दै शिशुको जन्म मङ्गलबार नै भएको थियो । गङ्गी पुनलाई भने सर्पले भदौ ४ गते नै टोकेको थियो । सर्पले टोकेपछि पुनलाई चौरजारी अस्पताल हुँदै प्रादेशिक अस्पताल सुर्खेत पु¥याइएको थियो । अस्पतालबाट गाउँमै उपचार गर्ने भनेर घर परिवारले घर ल्याएको ४ दिनपछि पुनको हिजो घरमै मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

एक एक दिनको तलब जम्मा गरेर १५ लाख रुपैया भुकम्प पीडितहरुलाई सहयोग गर्दै घोराही उपमहानगर

आईतवार, कार्तिक १९, २०८० घोराही दाङ : दाङको घोराही उपमहानगरपालिकाले...

दाङ रामपुरको भोटेदहमा महायज्ञ लाग्ने

घोराही, १६ असोज दाङ : स्थानीय क्षेत्रमा आध्यात्मिक जागरण एवं...

दाङमा पोखराबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, १४ यात्रु

दाङ- दाङमा बस दुर्घटना भएको छ। पाोखराबाट सुर्खेत जाँदै...

दाङमा काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे रात्री बस दुर्घटना, २५ बढी यात्रु घाइते।

मंगलबार, असोज ०९, २०८० दाङ : काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे...