spot_img

नातिनिले गरिन भत्ता बुझेको पैसाको लागी हजुरबुबालाई खुकुरी प्रहार

Date:

शुक्रबार, पुष १६, २०७८,                                        भेग राज थापा                                                              रुकुम  : नातिनीको खुकुरी प्रहारबाट बाँफिकोट गाउँपालिका–१ का ७४ वर्षीय दाना शाही घाइते भएका छन्। उनकी १७ वर्षीया उर्मिला मल्ल (छोरीपट्टिकी नातिनी) ले खुकुरी प्रहार गरेकी हुन्। घाइते शाहीलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि चौरजहारी अस्पताल लगिएको छ। उनको गाला, दाहिने हात र देव्रे हातमा चोट लागेको छ।आफूसँग भएको पैसा लिने उद्देश्यले नातिनीले खुकुरी हानेको दानाले बताए। ‘मैले १२ हजार भत्ता बुझेको थिएँ’ उनले भने ‘त्यही लिन आएकी उसले म माथि खुकुरी हानी।’  मंगलबार राति आफ्नो घरमा आएकी उर्मिलाले बुधबार बिहान आफूमाथि आक्रमण गरेको दानाले बताए।दाना लामो समयदेखि एक्लै बस्दै आएका छन्। नातिनी घरमै लुकेको थाहा पाएपछि रातभर नसुतेको र बिहानपख नजिकै बसेकी नातिनीले खुकुरी हानेको उनले बताए। घाँटीमै हानेको खुकुरी आफूले छल्दा गाला र हातमा लागेको उनको भनाइ छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले खुकुरी प्रहार गर्ने उर्मिलालाई जिल्लामा ल्याएर अनुसन्धान थालिएको बताए। उर्मिला सानैदेखि बोल्न र सुन्न नसक्ने अवस्थाकी रहेको परिवारले जनाएको छ।

 स्रोत : थाहा खबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...