नवलपुर: । पूर्वी नवलपरासीमा पात टिप्न जंगल गएकी महिलाको बाघको आक्रमणमा परी निधन भएको छ ।पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको नवलपुरको अरुणखोला र दुम्किबासबीच जंगलबाट सिस्याहानी जाने बाटोको जंगलमा बाघले महिलालाई आक्रमण गरेको हो । गाउँलेहरुसँग जंगलमा सालको पात टिप्न जाने क्रममा शुक्रबार बाघको आक्रमणबाट मध्यविन्दु १२ सिस्याहानी निवासी ३९ बर्षीय बरिसा सारु मगरको निधन भएको स्थानीयले जनाएका छन् । गाउँलेसँगै श्रीमान श्रीमती जङ्गल गएको र जङ्गल पुगे पछि दुई जना एकातिर अनि अरु अर्कोतर्फ पात तिप्दै गर्दा एक्कासि बाघले उनलाई आक्रमण गरेको आफन्तले बताए ।पछिल्लो समय दुम्किबास र अरुणखोला जंगलमा एउटा नरभक्षी बाघ डुलिरहेको छ । यस अघि पनि दुम्किबास जंगलमा बाघको आक्रमणबाट एक जना पुरुष वन हेरालुको निधन भएको थियो ।( भिडियो सामग्री )