सोमबार ,माघ १०,२०७८
भेग बहादुर थापा ,
दाङ : प्रहरीकै गाडी लिएर फरार कैदि यमराज परियार नेपालगन्जको जमुना नाकाबाट पक्राउ परेका छन । आज जिल्ला प्रहरी कार्यालय घोराही दाङले पत्रकार सम्मेलन गरि परियारलाई सार्वजनिक गरेको छ ।
जिल्ला कारागार कार्यालय घोराही दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भइ मिति २०७२/०५/१६ गते देखि सोही कारागारमा रहि ७ वर्ष कैद भुक्तान गरि सोही कारागारमा पहिला चौकिदार र हाल नाइके भइ कामकाज गर्दै आएका जिल्ला दाङ राजपुर गाउपालिका वडा न ३ बस्ने वर्ष २९ को यमराज परियार मिति २०७८/०९/०८ गते बिहान ११:०० बजेको समयमा छाला सम्बन्धि बिरामी भएको बाहाना बनाइ उपचारका लागि अस्पताल जाने क्रममा घोराही बजारको बि. पि. चोक स्थित रहेको थकाली भान्सा घर एण्ड लजमा गइ कैदि परियारले दुईवटि युवाहरूलाई बोलाएर निजको उपचारका लागि अस्पताल ल्याउने / लैजाने भनी खटिएका प्रहरी जवान धन बहादुर चौधरीलाई एक युवतीसँग उक्त होटेलको कोठामा प्रवेश गराइ बाहिरबाट चुकुल लगाइदिएर चौधरीले प्रयोग गरेको लु ३१ प १५० नम्बरको मोटरसाइकल लिइ फरार भएका थिए कैदि यमराज परियार ।
यो घटनाले प्रहरी प्रशासनलाई निकै ठुलो चुनौती उत्पन्न गराएको थियो तर फरार कैदि प्रकरणको यस कार्यालयबाट गठित छानबिन तथा खोजतलास समितिका संयोजक र operation yankee कमान्डर यस कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालको कमान्डमा खटिएको टोलि र तालुक प्रहरी प्रधान कार्यालय interpole शाखा मार्फत भारतीय प्रहरी समकक्षीहरुसँगको समन्वयमा खोजतलास गर्ने क्रममा मिति २०७८/१०/१० गते नेपाल भारत सिमा क्षेत्र नेपाल भित्र बाके जिल्लाको नेपालगन्जमा पार्ने जमुनाहा नाकाबाट निज फरार कैदि यमराज परियारलाई पक्राउ गरि दाङ ल्याएर आवश्यक अनुसन्धान भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय घोराही दाङको DSP सुरेश काफ्लेले गराएका छन । ( भिडियो सामग्री )
Date: