spot_img

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोभिड

Date:

नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ओलीलाई कोभिड भएको पुष्टि गरे।

मुख्य विपक्षी दलका नेता समेत रहेका ओलीको स्वास्थ्य टीमसम्बद्ध चिकित्सकका अनुसार ओली र उनकी श्रीमती राधिका शाक्य दुवै सङ्क्रमित छन् र उनीहरू बालकोटस्थित निवासमा एकान्तवासमा रहेका छन्।

ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

यस अघि नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत विभिन्न दलका केन्द्रीय तहका नेताहरूलाई पनि कोभिड सङ्क्रमण भएको थियो।

पहिलो र दोस्रो लहरमा भने राजनीतिक दलका उच्च तहका नेताहरू कम मात्र सङ्क्रमित भएका थिए।

महामारी जारी रहेका बेला एमाले लगायत प्रमुख राजनीतिक दलले ठूलो सङ्ख्यामा देशभरका आफ्ना कार्यकर्ता सम्मिलित गरेर महाधिवेशन समेत सम्पन्न गरेका थिए।

आमसभा र भेटघाट पनि जारी राखेका थिए।

महामारीका बीच नेताहरूले राजनीतिक गतिविधि जारी राखेको भन्दै आलोचना हुने गरेको थियो।

अहिले नेताहरूले दोस्रो मात्रा कोभिड खोप लगाइसकेको र कतिपयले त तेस्रो बूस्टर मात्रा पनि लगाइसकेकाले उनीहरूमा कडा लक्षण देखिने गरेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...