spot_img

बङ्गलाचुलीमा बन्द रहेको खानी संचालन गर्ने निर्णयको बिरोधमा जनमोर्चाले माग पुरा गर्न आग्रह गर्‍यो ।

Date:

दाङ । दाङको बङगलाचुली गाउँपालिकामा पर्ने तापा स्थित रहेको चुनढुंगा खानीसम्म पुग्ने बाटोका कारण स्थानीय जनताले सास्ती ब्यहोर्नुपरेको भन्दै स्थानीयका माग पुरा गर्न राष्ट्रिय जनमोर्चाले आग्रह गरेको छ ।

राजमो बङगलाचुली गाउँसमितिले एक विज्ञप्ति प्रकाशित गरी सो बाटोका कारण जनताले सास्ती पाएपछि सर्वदलीय/सर्वपक्षीय बैठक बसेर बन्द गर्ने निर्णय गरिएकोमा अहिले कुनै पनि माग पुरा नगरी खोलिएको बताएको छ ।

राजमोले अत्यधिक टिपरका कारण पक्की बाटोसमेत एक महिनामै बिग्रिएको उल्लेख गर्दै यति लामो समय बन्द हुँदा पनि बाटो किन बनेन भन्ने विषयमा खबरदारी गर्न सबैसँग आग्रह गरेको छ ।

यस्तो छ, विज्ञप्ति
बङगलाचुली गाउँपालिका क्षेत्र भित्र भएको चुनढुङ्गा उत्खनन, बाटो निर्माण, खानी र उधोगमा काम गर्ने मजदुरको अधिकार लागायतका विषयमा हामीले बारम्बार कुराहरु उठाउने गरेका छौँ । जिल्ला प्रशासन, सडक विभाग, गाउँपालिका र उधोगमा पनि बारम्बार ध्यानाकर्षण गराउने कामहरु गरिरहेका छौँ । सुरुमा हामीले चुनढुङ्गा उत्खनन गर्दा मानव बस्ती र यहाँका नागरिकको जीवन रक्षालाई ध्यान दिनु पर्ने कुरा गर्यौं । त्यो कुरामा अरु कसैले चासो राखेनन् ।

जब उत्खननले स्थानीय र सडक आसपासका नागरिक प्रभावित भए हामीले सडकको समेत कुरा गर्यौं । उत्खनन सुरु भएपछि यहाँ टिपर व्यवसायीको पनि चासो बढ्यो । उनीहरुका विरुद्ध पनि हामी लाग्नु पर्ने भयो । तर उनीहरु पनि उधोग र खानी भएको कारण कर्जा गरि गरि लगानी गरेका हुन् । त्यो कुरा पनि हामीले बुझेका छौँ । तर पनि बिनाकारण यहाँका स्थानीय नागरिकले सास्ती झेल्नु परिराखेको छ । हाम्रो मुख्य सरोकारको विषय यही हो ।

राज्यको करोडौं लगानी गरेर घोराहीदेखि सिमेन्ट खानी सम्मको बाटो पक्की भयो । त्यो एक महिना पनि टिक्न सकेन । बाटो पक्की हुन सुरु मात्र भएको थियोे त्यही बेला पक्कीको स्वरुप देख्दा बित्तिकै हाम्रो पार्टीले जिल्ला अध्यक्ष गणेश आचार्य समेतको उपस्थितिमा स्थानीयरुपमा गाउँपालिका र जिल्ला प्रसासन र सडक विभागलाइ समेत ध्यानाकर्षण गराउने काम गरेका थियोे । तर त्यसमा कसैको चासो भएन । चासो नभएको कारण सडक कमजोर भयो । कमजोर हुनुको प्रतिफल सडक एक महिना पनि टिकेन । नागरिकको करबाट जम्मा भएको राज्यको पैसा दुरुपयोग भयो ।

अहिले पछिल्लो समयमा नागरिकस्तरबाट पनि व्यापक विरोध भएपछि सडक पक्की गरेर मात्र टिपर चलाउने सहमति भएको थियोे । बन्द गर्ने बेला सरोकारवाला र स्थानीय राजनीतिक दलहरुको समेत सहभागितामा सर्वदलीय सर्वपक्षीय बैठक बसेर रोकिएको थियोे । तर अहिले कसैलाई खबर नगरेर कुनै उपलब्धि बेगर खुलाउने काम भएको छ । लामो समय बाटो बन्द हुँदा टिपर चालकहरु किस्ता तिर्न सकेका छैनन् । खानिमा काम गर्ने मजदुर भोक भोकै बस्नु पर्ने अबस्था भयो ।

तर अहिले बन्द गर्ने बेला राखेका कुनै माग र पहिले भएका कुनै सम्झौता पूरा नगरी बाटो खुलाउने कुरा कुनै पनि हिसाबले सहि हुन सक्दैन । हामी उक्त कदमको बिरोध र निन्दा गर्न चाहान्छौ । यति लामो समय बन्द हुँदा पनि बाटो किन बनेन भन्ने विषयमा खबरदारी गर्न सम्पूर्ण स्थानीय नागरिक, मजदुर, टिपर व्यावसायी र सरोकारवाला सबैसित अनुरोध गर्न चाहान्छौ ।स्रोत : yougdarshan

सुमन घर्ती
अध्यक्ष
राष्ट्रिय जनमोर्चा, बङगलाचुली गाउँपालिका समिति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

परदेश बाटै उद्योगिहरुलाई चेतावनी :- हामी ती उद्योगका टिपरहरू जलाउनेछौं!

भेग राज थापा  दाङ बङ्गलाचुली :- दाङको बङ्गलाचुली गाउपालिका - ३...

धारपानी मेला व्यवस्थापनकाे तयारी अन्तिम चरणमा।

विमल याेगी दाङ,२ फागुन :- दाङकाे धारपानीमा यहि फागुन ३...