मङ्गलबार, चैत २९,२०७८
दाङ : लोकतान्त्रिक समाजवादी पार्टी नेपालले यही आउदो बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि दाङ जिल्लाको घोराही उपमहानगरपालिकाको मेयर पदको लागी युवा नेता २४ वर्षीय सत्यम पुन लाई उम्मेद्बारी दिने तयारीमा छ ।
आज नौलो बिहानी डट कम लाई चुनावी कार्यक्रम बारे जानकारी गराउदै लोसपाका दाङ जिल्ला उपाध्यक्ष समेत रहेका पुनले भन्नुभयो लोकतान्त्रिक समाजवादी पार्टी नेपाल जिल्ला समिति दाङले यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भाग लिन केन्द्रमा नामावली सहित सिफारिस गरिएको छ । बैठकमा उपस्थित केन्द्रिय कार्यकारणी सदस्य दान बहादुर विश्वकर्मा, केन्द्रिय सदस्य तथा जिल्ला परिवेक्षक सोम जनैदार सहित जिल्ला समितिको उपस्थिति रहेको जिल्ला उपाध्यक्ष सत्यम पुनले बताउनु भयो ।
साथै तुलसीपुर उपमहानगरपालिका १५ वडा अध्यक्षमा दामुदर रेउले वडा नम्बर १ मा भुपेन्द्र भण्डारी १८ वडामा विवेक वलि सहित अरु मेयर तथा उपमेयर पनि उम्मेदवारी उठाउने जनाएका छन । त्यसैगरी घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा अर्जुन नेपालीलाई अगाडि सारेको छ र अझै छनोट प्रक्रिया रहेको जानकारी गराउनु भयो ।
लोसपाबाट दाङको घोराही उपमहानगरपालिकाको मेयरमा २४ वर्षे सत्यम पुनको सम्भावना
Date: