London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

राप्रपाको ‘डबल डिल’: ओलीसँग भिड्न झापामा सत्तागठबन्धनसँग र रेनुसँग लड्न चितवनमा एमालेसँग मेल

Date:

सत्तापक्ष र विपक्षी गठबन्धनबीच चुनावी ध्रुवीकरण भइरहेका वेला राप्रपाले भने आवश्यकताअनुसार दुवै पक्षसँग तालमेल गरेर लाभ लिने नीति अपनाएको छ । अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा एमालेलाई हराउन सत्तागठबन्धनका कांग्रेस र माओवादीसँग राप्रपाले तालमेल गरेको छ । उता, भरतपुर महानगरलाई केन्द्रमा राखेर एमालेले चितवनमा राप्रपासँग तालमेल गरेको छ । सत्तागठबन्धन र विपक्षी गठबन्धनमा राप्रपाको सहभागिताले झापा र चितवनमा निर्वाचन पेचिलो हुने भएको छ ।

दमक नगरपालिकामा पहिलो शक्ति रहेको एमालेलाई हराउन तीन दलले तालमेल गरेका हुन् । ०७४ को परिणामअनुसार दमकमा राप्रपा दोस्रो, माओवादी तेस्रो र कांग्रेस चौथो शक्ति हो । सो निर्वाचनमा एमालेका रोमनाथ ओली १० हजार ८०६ मत ल्याई मेयर भएका थिए । राप्रपाका राम थापा सात हजार ६५५ मतसहित प्रमुख प्रतिस्पर्धी थिए । माओवादीका रेवतराज पुरीले ६ हजार ८९८ र कांग्रेसका ढुण्डीराज भण्डारीले पाँच हजार ५३९ मत ल्याएका थिए ।
यसपटक दमकमा तीन दलका तर्फबाट राप्रपाका राम थापा र एमालेबाट गीता अधिकारी मेयरका उम्मेदवार छन् । उपप्रमुखमा तीनदलीय गठबन्धनबाट कांग्रेसकी रेगिना भट्टराई प्रसाईं र एमालेबाट अम्बिका खनाल उम्मेदवार छन् ।

त्यस्तै, चितवनको भरतपुर महानगर र माडी नगरपालिकामा एमाले–राप्रपाबीच चुनावी तालमेल भएको छ । भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका हिमला गुरुङलाई एमालेले सहयोग गर्ने सहमति बनेको छ । महानगरको वडा नम्बर १५ र २६ को अध्यक्ष पनि राप्रपाले पाउनेछ । केही राप्रपाले एमालेलाई छोड्नेछ भने बाँकीमा मित्रवत् प्रतिस्पर्धा गर्ने दुई दलको सहमति छ ।

०७४ मा तालमेल गरी लडेका माओवादीले मेयर र कांग्रेसले उपमेयर जितेका थिए । सो समीकरणमा अहिले एमालेबाट विभाजन भएको दल एकीकृत समाजवादी थपिएको छ भने एमाले र राप्रपा तालमेल गरी प्रतिस्पर्धामा उत्रिएका छन् । सत्तागठबन्धनका तर्फबाट मेयरमा माओवादीकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । गत निर्वाचनमा महानगरपालिकाका २९ वटा वडामध्ये एमालेले १४, कांग्रेसले १२ र माओवादी केन्द्रले तीनवटामा जित हासिल गरेका थिए । स्रोत : nayapatrika.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

प्रथम एच के क्रिकेट कपको उपाधी सप्तरङी फाटालाई

१४, कार्तिक २०८१, बुधवार हर्नोक :- दाङ घोराही उपमहानगरपालिका...

घरको पेटीबाट लडेर सल्यानमा एकजनाको मृत्‍यु ।

६ कार्तिक मंगलबार, २०८१, सल्यान:- सल्यानमा घरको पेटीबाट लडेका एक...

बाग्लुङमा पुनः निर्माण गर्दै गरेको घर भत्किदा एकको मृत्‍यु ११ घाइते ।

२९ भदौ, २०८१ , ढोरपाटन (बागलुङ) :- बागलुङको बुर्तिबाङमा...

रोल्पामा जिप पल्टिदा ८ जनाको ज्यान गयो पहिचान खुल्न बाँकी ।

रोल्पा:-  रोल्पाको माडिगाउँपालिका ३ परेवामा जिप दुर्घटना हुँदा ८...