बुधबार, बैशाख १४, २०७९
भेग बहादुर थापा मगर
दाङ : दाङको घोराही उपमहानगरपालिका १ मा भएको पाँच दलिय गठबन्धनका कारण केहि व्यक्तिहरुले पार्टी परित्याग गरेका छन । गठबन्धन गरेका पाँच दल बीचमा कुनै पनि बिचार र सिद्धांत मिल्दैन किन गर्नुपर्ने गठबन्धन स्थानीय नेताकार्यकर्ताको भावना अनुरूपको सत्ता गठबन्धन नहुदा पार्टी परित्याग गर्नुपरेको जनमोर्चाका सदस्य श्याम पुनले बताए । लामो समयसम्म राजनीति गरियो युद्ध कालमा काङ्ग्रेसलाई खोजी खोजी मार्ने माओवादीलाई कसरी हामी भोट दिने बरु एमाले वा अरु कुनै पार्टीलाई दिन्छौं एक जना व्यक्तिको भनाइ ।
पार्टी प्रवेश गर्दै आफ्नो भनाइ राख्दै गर्दा उनीहरुले भनेका छन् हामी कुनै स्वार्थ पुरा गर्नका लागी यो पार्टीमा समावेश भएका होइनौं बरु सबै एक भएर आफ्नो गाउको विकास मिलिजुली गरौं यसरी मिलेर गएमा तपाईं हाम्रै ठाउको उन्नति हुने हो भनेका छन । यसै कार्यक्रममा बोल्दै १ नम्बरको वडा अध्यक्ष पदको आकांक्षि एवम् वडा अध्यक्षमा मनोनीत नेकपा एमालेका दाङ जिल्ला उपाध्यक्ष राममणी पाण्डेले विगतमा धेरै काम गरेको र अझ कुनै काम अपुरा रहेको त्यसलाई पुरा गर्ने साथै सम्पुर्ण वडा बासिन्दाले सोचेको विकास गराउने प्रतिबद्धता व्यक्त गरेका छन । यसैबीच घोराही उपमहानगरपालिकाका मेयर पदको उम्मेद्बारी दिएका नेकपा एमाले नेता एवम् पुर्व मेयर नरुलाल चौधरीले पनि आफ्नो बिचार तथा विकासको योजना सम्बन्धि जानकारी दिएका थिए । यस कार्यक्रमको स्वागत मन्तव्य राममणी पाण्डेबाट सुरु भइ मदन कुमार न्यौपानेले अन्त्य गर्नुभएको थियो ।