गायक तथा सर्जक केशर वलीको नयाँ टप्पा गीत काठैका चप्पलको भिडियो सार्वजनिक भएको छ । विशाल बैरागीको निर्देशन, केशर वली र टिका सानुको स्वर रहेको गीत ‘ काठैका चप्पल’आलाप लाइभ दोहारीको अफिसियल युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।
पश्चिम क्षेत्रको लोकप्रिय भाका टप्पा काठैका चप्पल गीतमा वीपाशा बिसी र जीवन ठकुरीको अभिनय रहेको छ । २०५८ सालदेखि निरन्तर सांगीतिक क्षेत्रमा लागेका वली यस अगाडि आफ्नै भाकामौ थुप्रै लोक गीतहरु बजारमा ल्याइसकेका छन् ।
लामो समयदेखि मोफसलमा रहेर लोक गीतको संरक्षण र प्रबर्धनमा लागेका वलीले नेपाली लाकसंगीत क्षेत्रमा नेपालको मध्यपश्चिम र सुदुरपश्चिम क्षेत्रमा परिचित टप्पा गीत मार्फत स्थानीय लोक संसकृतीको प्रर्वधनमा टेवा पूर्याउने उदेश्यले काठैका चप्पल बजारमा ल्याएको बताए ।
स्थानीय लोकलयमा आधारित उक्त गीत नेपालको पश्चिम भेगमै छायांकन गरिएको भिडियो र अभिनय दर्शक श्रोताले मन प।राइदिनेमा आशावादी रहेको वलीले बताए ।
गायक तथा सर्जक केशर वलीको टप्पा गीत ‘ काठैका चप्पल’
Date:


