spot_img

लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा : भिडियो सहित

Date:

बुधबार, असार १५, २०७९

बुटवल:  लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दावी गरेको छ । माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा बुझाएको थाहा पाएर मुख्यमन्त्री कार्यालयमा बुझ्न गएको बताए ।

जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । छानविन समितिलाई सघाउन भनेर उनले राजीनामा दिएको स्रोतले बतायो ।

पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।  अनलाईन खवर

भिडियो सामग्री

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...