spot_img

दाङमा टिप्परमा एकाबिहानै आगजनी भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा

Date:

दाङ – दाङमा टिप्परमा एकाबिहानै आगजनी भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ।

घोराही-लमही सडकखण्डको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा भएको आगजनी शंकास्पद भएपछि प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएको हो।
दुई दिनसम्म गोग्लीको ग्यारेजमा राखिएको टिप्पर बिहानै आगजनी भएको खबर पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए।

‘दुई दिनसम्म गाडी ग्यारेजमा छ। एकाबिहानै टिप्परमा आगजनी भयो भनेर खबर आउँछ। त्यो पनि ड्राइभरले गर्दैन अर्को कुनै व्यक्तिले गर्छ। गाडी खाली छ’, एसपी काफ्लेले भने,’टिप्परमा कति थिए मान्छेभन्दा कहिले ४ जना कहिले ३ जना भन्छ। यो शंकास्पद भयो त्यही भएर नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका हौँ।’

बिहानै बन्द कर्ताहरु सडकमा नभएको र टिप्परको भाग पनि अधिकांश फलाम भएका कारण सजिलै आगो नलाग्ने भएकाले कुनै योजना अनुसार गरिएको प्रहरीको भनाइ छ।

बिमा रकमका लागि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दको मौका छोपेर आगजनी गरेको हुनसक्ने प्रहरीले अुनमान गरको छ।

यता नेकपा माअाेवादी अध्यक्ष विप्लव पार्टीका जिल्ला सेक्रेटरी प्रदीप वलीले टिप्पर आगजनिमा आफूहरुकाे संलग्नता नरहेकाे बताए। ‘बिहान ५ बजेबाट, बेलुका ५ बजे सम्म बन्द भनेका छाैँ। त्याे घटना पाँच बजे अघिकाे देखिन्छ’ उनले भने,’आगजनीमा उत्रिने भन्ने नीति छैन।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

एक एक दिनको तलब जम्मा गरेर १५ लाख रुपैया भुकम्प पीडितहरुलाई सहयोग गर्दै घोराही उपमहानगर

आईतवार, कार्तिक १९, २०८० घोराही दाङ : दाङको घोराही उपमहानगरपालिकाले...

दाङ रामपुरको भोटेदहमा महायज्ञ लाग्ने

घोराही, १६ असोज दाङ : स्थानीय क्षेत्रमा आध्यात्मिक जागरण एवं...

दाङमा पोखराबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, १४ यात्रु

दाङ- दाङमा बस दुर्घटना भएको छ। पाोखराबाट सुर्खेत जाँदै...

दाङमा काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे रात्री बस दुर्घटना, २५ बढी यात्रु घाइते।

मंगलबार, असोज ०९, २०८० दाङ : काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे...