आइतबार, भदौ १२, २०७९
दाङ : दाङ घोराही हिरासतमा रहेको व्यक्तिलाई थुनुवा मुक्त गरिदिन्छु भनेर रकम लिने प्रतीक बस्नेत पक्राउ परेका छन ।
२०७२ साउन १७ गते सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दामा पक्राउ परी जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका प्रतिवादी दाङ तुलसीपुर १४ बस्ने वर्ष २० को प्रतीक बस्नेतले सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दामा पक्राउ परि सोही हिरासत कक्षमा रहेका दाङ घोराही १० नारायणपुर बस्नेत अजित पुनमगर सहित ३ जना व्यक्तिसँग चिनजान गरि गत भदौ ८ गते प्रतीक बस्नेत हिरासतबाट छुटेर गइ सकेपछि उनीहरुसँग अभिभावकको फोन नम्बर मागी आफू जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाको प्रहरी कर्मचारी हु भन्दै पचास हजार (५०,०००) मागेका थिए । यसरी पैसा दिने व्यक्तिले भनेको समयमा आफ्नो मान्छे नछुटे पछी उक्त नम्बरमा फोन गर्दा फोन बन्द गरेको र प्रतीक बस्नेत सम्पर्कमा नआएपछि अभिभावकहरु जिल्ला प्रहरी कार्यालयमा आएर खबर गरेका थिए ।
प्रहरीले उक्त व्यक्तिको खोजी गर्ने क्रममा यस कार्यालयको अभिलेखमा रहेका फोटोहरु पीडितलाई देखाउदै जादा प्रतीक बस्नेतको फोटो देखेपछि यसको बारेमा सनाखत भएको थियो ।
प्रतिवादी प्रतीकको खोजतलास गर्दै जादा निज प्युठानको प्युठान नगरपालिका ७ विजुवार बजारमा लुकि बसेको भनी खुल्न आएपछि इलाका प्रहरी विजुवारको सहयोगमा निजलाई जिल्ला प्रहरी कार्यालय घोराही दाङमा ल्याइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी गराएको छ ।