London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

ई – पार्सपोर्ट आए सङ्गै पोर्चुगलमा रहेका नेपालीहरु मर्कामा

Date:

पोर्चुगल– युरोपको सबैभन्दा पश्चिमी बिन्दु इबेरियन भाग र दक्षिणमा एट्लान्टिक महासागर र उत्तर र पूर्वमा स्पेन सँग जोडिएको सीमा भएको एकमात्र देश पोर्चुगल हो।

हाल करिब अनुमानित लगभग ४० हजार नेपालीहरु रहेको देश पोर्चुगलमा हालै नेपाल सरकार ले जारी गरेको ई– पार्सपोर्ट को असर पोर्चुगलमा रहेका नेपाली नेपाली हरु प्रती देखिन गएको छ्। बैध तथा अबैध तरीकाले प्रायः नेपाली हरु पोर्चुगल छिर्ने गर्दछन्। केहिमहिना अगाडी राजदुताबास उपस्थित नभई राहदानी नभिकरण हुने गर्थ्यो भने हाल फ्रान्स स्थित नेपाली राजदुताबासले अनलाईन फर्मभरी, दिन तोकि तोकिएको दिनमा दुताबास मै उपस्थित हुनुपर्ने जनाएको छ्। जसकारण पोर्चुगलमा भएका नेपालीहरुलाई थप सङ्कटमा पारेको छ्। भिषा सकिएका , हराएका, म्याद सकिएका राहदानी का निम्ति थप कस्टकर बनेको छ्। राजदुताबास सम्म पुग्नकोनिम्ति पनि म्याद भएको भिषा वा आबास परिचय पत्र सहित म्याद भएको राहदानी सहित उपस्थित हुनुपर्ने हुन्छ्।

तर दुताबास भन्छ बैधतरीकाले प्रबेश भएका नेपाली हरुका लागी सहज हुन सक्छ भनै अबैध तरीकाले सेन्जेन बाहेक अन्य तेस्रो मुलुक जस्तै:- साईप्रस, क्रोसिया, रोमानिया, टर्कि बाट सडक मार्ग , पैदल मार्ग हुदैँ आउनेहरुका निम्ती मुख्य समस्याको जड बनेको छ।  यस बिषयमा पोर्चुगल बाट प्रदिप खड्का जन आवाज अनलाइन बाट यसै बिषयलाई जोडेर राजदुत समक्ष केहि कुरा राख्दा उहाँ कोजवाफ मा : यो समस्यालाई हामिले मध्यनजर गरेका छौँ । राहदानी भनेको निकै सम्बेदन शिल बस्तु हो। जो भएन भने कुनै पनि कागजीकार्य गर्न सम्भव हुँदैन्।

यदी नबिकरण को सवालमा तत्काल हामि सङ्ग दुताबास आउन सक्नु हुन्छ ।जसको भिषा म्याद बाकिँ छ वावर्क परमिट( रेसिडेन्सी कार्ड) छ।जसको भिषा छैन , कार्ड छैन उहाँ हरुले केहि समय प्रतीक्षा गर्नुपर्ने हुन्छ्। जसको निम्ती टोलि बनाएरपोर्चुगल आउनु पर्ने हुन्छ्। त्यहि समयमा बनाउन सकिनेछ्। तर जो तेश्रो मुलुक सेन्जेन बाहिर बाट राहदानी च्यातेर आउनु हुन्छ्।उहाँहरुको लागी चाहिँ समस्या हुन सक्छ्।

नेपाल सरकार ले दिएको पहिचान नै मेटीने गरी युरोप छिर्ने लोभमा यसरी आउनु सरासर गलतहो। आवश्यक पहिचान का लागी कागजी प्रकिया बनाउन निकै झन्झटिलो भयो। उता दिनानुदिन राहदानी मात्रै नभई श्रम, रोजगार, अन्यकागजी प्रक्रीया पोर्चुगलका समस्या थप बन्दै गएको ले केही मध्यमार्गी समाधानको निम्ती नेपाल सरकार सामु पत्राचार भैसकेको छ।त्यहाँ आउनुहुने वा आउन खोज्ने सम्पुर्ण नेपालीहरुलाई एक यो सन्देश दिनु कि नेपाल सरकार ले दिएको राहदानी बोकि अबैध तरिकालेयुरोप नछिर्नुहोस्।बैध तरीकाले छिर्नु होस्। सदा साथमा राहदानी लिएर हिड्नुहोस्। तबमात्रै तपाईं सुरक्षित हुनुहुन्छ। राजदुतले यसो भन्दै गर्दा पोर्चुगल छिरेका केहि हप्ता अघि मात्रै क्रोसीया हुदैँ १ हप्ता लगाएर आएकी एक नेपाली महिला को भनाइ : देशको राजनैतिक अवस्था र आर्थिक अवस्थाले गर्दा कम लागतमा क्रोसिया को भिसा लगाई आएँ| तर क्रोसियामा सेन्जेन देशहरुमाजस्तो सेवा सुबिधा नपाईने हुँदा बाध्य भएर पाउरोटी र पानीको भरमा १ हप्ता पैदल त केहि घण्टा बस यात्रा गरी पोर्चुगल आईपुगेँ । अर्का एक नेपालि युवक भन्छन : हामि सङ्ग युरोप छिर्ने अरु कुनै बिकल्प थिएन । कम्पनि, दलाल ले राखिदियो।पहिले सहजै कुरीयरगरेर बन्थ्यो भने अहिले फ्रान्स नै पुग्नु पर्ने कुरा आउँदा मन सोच मग्न अवस्था मा छ्। आशा छ फ्रान्स देखी टोलि पक्कै आउनेछ।  राहदानी लगायत बिभिन्न कागजी प्रकृया ले सजिलै गर्न नपाउँदा पोर्चुगलका केही सामाजिक अभियन्ता नेपाली राजदुताबासपोर्चुगलमा स्थापना हुनुपर्छ भन्दै बिभिन्न सामाजिक सन्जाल मार्फत अनुरोध गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

प्रथम एच के क्रिकेट कपको उपाधी सप्तरङी फाटालाई

१४, कार्तिक २०८१, बुधवार हर्नोक :- दाङ घोराही उपमहानगरपालिका...

घरको पेटीबाट लडेर सल्यानमा एकजनाको मृत्‍यु ।

६ कार्तिक मंगलबार, २०८१, सल्यान:- सल्यानमा घरको पेटीबाट लडेका एक...

बाग्लुङमा पुनः निर्माण गर्दै गरेको घर भत्किदा एकको मृत्‍यु ११ घाइते ।

२९ भदौ, २०८१ , ढोरपाटन (बागलुङ) :- बागलुङको बुर्तिबाङमा...

रोल्पामा जिप पल्टिदा ८ जनाको ज्यान गयो पहिचान खुल्न बाँकी ।

रोल्पा:-  रोल्पाको माडिगाउँपालिका ३ परेवामा जिप दुर्घटना हुँदा ८...