spot_img

नेकपा एमाले रोल्पाले प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस

Date:

बुधवार, भदौ २२, २०७९

रोल्पा: नेकपा एमाले रोल्पाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ ।

आगामी मंसिर ४ गते हुने चुनावका लागि उम्मेद्वारको नाम टुंगो लगाएको छ । एमाले रोल्पाले प्रतिनिधि सभाका लागि लुम्बिनी प्रदेश कमिटी सदस्य पुर्ण बुढालाई चयन गरेको छ। भने समानुपातिक तर्फ नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा रोल्पा जिल्ला ईन्चार्ज नवीन रोका मगर , केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला सह- ईन्चार्ज कुमार दशौदी , ईश्वरी जि.एम , मिना बुढा , रिमा नेपालीको नाम सिफारिस गरेको छ ।

त्यस्तै प्रदेश सभा (क) प्रत्यक्ष तर्फ लुम्बिनी प्रदेश कमिटी सदस्य जय प्रकाश बुढा प्रदेश सभा (ख) तर्फ लुम्बिनी प्रदेश कमिटी सदस्य प्रेम बहादुर घर्तीलाई अघि सारेको छ। प्रदेश समानुपातिक तर्फ केन्द्रीय कमिटी सदस्य तथा रोल्पा जिल्ला सह-इन्चार्ज यमुना रोका तामाङ , लुम्बिनी प्रदेश कमिटी सदस्य सावित्रा बुढा घर्ती , ओमराज घर्ती र राजेन्द्र बुढाथोकीको नाम प्रदेश कमिटीमा सिफारिस भएको छ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...