spot_img

अम्बिका मा वि हर्नोकमा नि:शुल्क स्वास्थ शिविर संचालन

Date:

दाङ हर्नोक : घोराही उममहानगरपालिका वार्ड न १ हर्नोक दाङमा अबस्थित श्री अम्बिका मा.वि.हर्नोकमा यहि भाद्र २५ गते शनिबारका दिन नि: शुल्क स्वास्थ्य शिविर संचालन गरियो छ । उक्त अवसरमा विरामीको नि: शुल्क स्वास्थ्य परीक्षण साथै नि: शुल्क औषधि वितरण पनि गरिएको छ ।

घोराही १का शरद डाँगी, मिनेन्द्र गिरीको संयोजकत्वमा तथा चौघेरा मेडिकल हल, घोराही उपमहानगरपालिका १७ को आयोजनामा उक्त शिविर संचालन गरिएको हो।

स्वास्थ्य परीक्षण शुरु गर्नु पूर्व एक कार्यक्रमको आयोजना गरिएको थियो जसको अध्यक्षता विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष नारायण प्रसाद पाण्डेले गर्नुभयो भने प्रमुख अतिथि मित्रलाल न्यौपाने । यस कार्यक्रमको स्वागत मन्तव्य नारायण घर्तीले सुरु गर्नुभएको थियो मन्तब्य दिनेहरुमा डा.प्रकाश सुबेदी,शरद डाँगी,हेमराज शर्मा , लगायत हुनुहुन्थ्याे। स्वास्थ्य परीक्षण गर्ने डाक्टर हरुमा डा.प्रकाश सुबेदी(बरिष्ठ फिजिसियन),डा.गोपाल खनाल(एम.बि.बि.एस.) हुनुहुन्थ्यो।

डाक्टरहरुले धेरै मिहिनेत गरेर विरामीको जाँच गर्नुभयो। स्वास्थ्य शिविरमा झन्डै २००(दुइसय)जनाले स्वास्थ्य परीक्षण गराएका थिए । शिबिर दिनभर चल्यो।
यस कार्यक्रममा अम्बिका मा.वि.हर्नोकले कोठा, फर्निचरहरु, खानेपानी उपलव्ध गराउनुका साथै विरामीको नाम दर्ता आदि ब्यबस्थापन कार्यमा सहयोग गरेको थियो।
‌‌ विद्यालयको तर्फबाट प्र.अ. नारायण प्रसाद पोख्रेल, शिक्षक इश्वरीप्रसाद पान्डेय,अनिल कुमार प्रसाद, छबिलाल न्यौपाने,गिता पुन,नबिन पुन लगायतले र विद्यार्थीहरुले सहयोग गरेका थिए।
अस्पतालको पहुँचबाट टाढा रहेका,न्युन आय भएका बिकट ठाउँका जनताले नि:शुल्क रुपमा स्वास्थ्य सेवा लिन पाउँदा खुसी भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...