London Escorts sunderland escorts 1v1.lol unblocked yohoho 76 https://www.symbaloo.com/mix/yohoho?lang=EN yohoho https://www.symbaloo.com/mix/agariounblockedpvp https://yohoho-io.app/ https://www.symbaloo.com/mix/agariounblockedschool1?lang=EN
spot_img

अविर वर्षाका कारण बंगलाचुली गाउँपालिकाको क्षती विवरण

Date:

दाङ कमिरेचौर : दाङको बंगलाचुली गाउँपालिकामा अविरल वर्षा पछी आएको वाढी र पहिरोले लाखौँको क्षती पुराएको छ । साथै एक जनाको मृत्यु भईसकेको छ ।भने दुई जना वेपत्ता भएका छन् ।
वंगलाचुली गाउँपालिका वडा नम्वर ६ दारेगौडा निवासी ५७ वर्षिय डम्वर बहादुर विक लाई अर्जुन खोलाले बगाउँदा उहाँको मृत्यु भएको छ । त्यसैगरी बंगलाचुली गाउँपालिका वडा नम्वर ५ जहरे निवासी पार्वती नेपालीलाई अर्जुन खोलाले बगाउँदा वेपत्ता हुनुभएको छ । उहाँको अवस्था अहिले सम्म अज्ञात रहेको छ ।
त्यसैगरी बंगलाचुली गाउँपालिका वडा नम्वर ४ गहतेरा निवासी हिरा नेपालीलाई पहिरोले पुर्दा वेपत्ता हुनुभएको छ । वर्षातका कारण ठाउँठाउँमा पहिरो जाँदा बंगलाचुली गाउँपालिकाको ८ वटै वडामा रहेका दर्जनौँ स्थानिय सडकहरु पूर्णरुपमा अवरुद्ध रहेका छन् ।गाउँपालिकामा रहेका दर्जनौ विद्यालयका भवनहरुमा क्षती पुगेको छ ।त्यसैगरी थुप्रै पानिका मुहानहरु पहिरोले पुरीदिदा स्थानियलाई पानि पिउन समस्या भएको छ । भने ठाउँ-ठाउँमा पानीका पाईपहरु समेत पहिरोले क्षती पुराएकोछ ।गाउँपालिकामा रहेका दर्जनौँ वस्तिहरु पहिरोको उच्च जोखिममा रहेका छन् भने सयौँ घरहरु भत्किने अवस्थामा रहेका छन् । अहिले बंगलाचुलीका ८ वटै वडाका स्थानियहरुको घरहरु भत्किए पछी आफन्ति तथा स्थानियको घरमा र सार्वजनिक स्थानहरुमा आश्रय लिएर बस्न बाध्य छन् । हाल सम्म हामिलाई प्राप्त भएका बंगलाचुली गाउँपलिकामा पहिरो तथा वाढीले पुर्याएको क्षतीको वडागत विवरणहरु निम्नाअनुसार रहेका छन् ।
वडा नम्वर एक______________
बंगलाचुली गाउँपालिका वडा नम्वर एकमा गुरु प्रसाद गिरीको ,नमा खत्री ,थानेश्वर खत्री,पूर्खराम पुन,टेकमान पुन,पार्वता दमाईको वाढीले खेत बगाउनुका साथै खोलामा काटेर राखेको धानमाक्षति पुराएको छ। त्यसैगरी राजकुमार पुन मगर,नगेन्द्र पाण्डेय, खुमान विक, विपना सिर्पाईलीको घर भत्किएको छ ।
वडा नम्वर दुई_________________
यसैगारी बंगलाचुली गाउँपालिका वडा नम्वर दुईमा यज्ञ बहादुर पुन,तेजमान पुन, ताम बहादुर घर्ती, जित बहादुर ठेडी,बल बहादुर डोम बहादुर विश्वकर्मा,चित्र बहादुर गोराथोकी, सरस्वती खत्री, सरस्वाती वि.क
अवी विक ,फनबहादुर वस्ने, विरबहादुर कसेरा, भिम कुमार बुढा,मेघ बहादुर राना ,रिख बहादुर राना, देवबहादुर बुढाको घरहरु भत्किनुका साथै घर पहिरो जाने अवस्थामा रहेका छन् ।
त्यसैगरी भगवती प्रा.वी.टाकुराको स्कुल निर्माणको लागि खनेको मैदान पहिरो गई खनेको मैदान २ मिटर भासिएको छ । कालिका प्रा.वी. बढीपोखराको ४ कोठे भवनको एकपाखा भत्किएको छ ।
कटुखोला –खाडा-मर्पेस हुदै पाखापानी सम्मको बाटो,हार्नोक-दार्मा-छिप्पन हुँदै पाखापानी सम्मको बाटो,पुरुङ-टाकुरा-गर्जाङ्य हुदै मर्पेस जाने बाटोको ठाउँठाउँमा जमिन भासिनुका साथै पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । सडक अवरुद्ध भई अहिले यातायातका साधनहरु नचल्दा यात्रुहरुलाई यात्रा गर्न निकै कठिन भएको छ ।
वडा नम्वर तिन___________
वर्षाले बंगलाचुली गाउँपालिका वडा नम्वर ३ को साक्लाचौर टोलको वस्तिनै जोखिममा पारेको छ ।सो टोलमा रहेको १७ घर परिवार उच्च जोखिममा रहेका छन् ।
अविरल वर्षा संगै आएको पहिरोले सो टोलमा आईत बहादुर घर्ती र वमपाल कामीको घरमा पूर्णरुपमा क्षती पुगेको छ । भने पहिरोले बारी तथा खरबारीमा समेत क्षतिपुराएको छ । उहाँहरु अहिले छिमेकिको घरमा आश्रयीएर बस्नुभएको छ । त्यसैगरी पहिरोले लुमाकान्त खत्री, टुक बहादुर घर्ती ,माकान्त घर्ती ,हुकुम बहादुर विक ,भागेश्वर घर्ती, झगबहादु विक, वसन्त आग्री, सन्जय विक, जीवन भण्डारी, लेखनाथ खत्री, जगत महरा, लिलाधर महरा, हेमन्त महरा,लोक बहादुर बस्नेतको घर उच्च जोखिममा रहेकोछ ।
उहाँहरुको घर जतिवेला पनि पहिरो जान सक्ने अवस्थामा रहेको छ । भने बारी,खरबारी,ट्वाईलेट समेत पहिरोको उच्च जोखिममा रहेकोछ । यसैगरी बंगलाचुली गाउँपालिका वडा नम्वर ३ कै दक्षीणी वेल्ट मुलावारीमा पनि पहिरोले घरमा क्षती गर्नुका साथै वाढिले खेतमा पनि ठुलोमात्रमा क्षती पुर्याएको छ । वडा नम्वर ३ को सुकाखोलामा ५ घर परिवारको खेतमा क्षति पुर्याएको ५ भने अर्जुनखोलाले २० घरपरिवारको खेतमा क्षतीपुराएको छ । त्यसैगरी वाढिले माद्यामिक विद्यालय मुलाबारी भेडाबारीमा लाखौँको क्षतीपुराएको छ ।

विद्यालयको दुई तर्फरहेका साना सोतामा आएको बाढीले विद्यालएको भवनको एक कोठा भत्काउनुका साथै विद्यालयमा लेदो भरिएको छ । यसैगरी मुलावारीमा घरमाथिबाट आएको पहिरोले घनश्याम लम्साल,धनेश्वर लम्साल,प्रेमलाल नेपालीको घरमा क्षतीपुराएको छ ।पहिरोले नेपालीको एउटा भैसीको पाडो समेत पुरिदिएको छ ।

त्यसैगरी हिमा घर्ती,दिमान सिँह घर्ती,उम बहादुर नेपाली,चमेली नेपालीको घर पहिरोको उच्च जोखिममा रहेको पूर्व वडा सदस्य सिरिबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार ठाउँठाउँमा पहिरो गएको हुँदा सम्पूर्ण सडकहरु बन्द रहेका छन् । भने बंगलाचुली ३ रातामाटामा विद्युत पोल ढल्दा विद्युत सेवा समेत अवरुद्ध भएको छ ।

वडा नम्वर चार___________
यसैगरी बंगलाचुली गाउँपालिका वडा नम्वर ४ को म्यालडाँडामा घर माथि बाट आएको पहिरोले घनश्याम महराको गोठमा पूर्णरुपमा क्षती भएको छ भने घर पनि उच्च जोखिममा रहेको छ । त्यसैगरी तेज प्रसाद भुसाल,शिवराज रावतको घर पनि पहिरोको जोखिममा रहेको छ । खगेश्वर रावतको वारी पहिरो गएको छ । भने यो समाचार तयार पार्दा सम्म वडा नम्वर ४ को पूर्ण विवरण भने हामिलाई अझै प्राप्त हुन सकेको छैन ।

वडा नम्वर पाँच____________
यसैगरी अविरल वर्षाले बंगलाचुली गाउँपालिका वडा नम्वर ५ कुडुलेको करिब ५० घर उच्च जोखिममा रहेका छन् ।बस्तिको माथिबाट आएको पहिरोको कारण उक्त बस्ति नै उच्च जोखिममा रहेको छ । पहिरोले टिकाराम घर्ति मगर, रणबहादुर घर्ति मगर, बसन्त वली, रोम बहादुर घर्ति, ताम बहादुर घर्ति, चेत बहादुर पुन, दिल बहादुर पुन, केशर वली, जित बहादुर वली, होताराम वली र फनाधर घर्ति को घर उच्च जोखिममा रहेको छ ।
उहाँहरुलाई अहिले पहिरो गएको स्थानबाट सुरक्षित स्थानमा सारिएको छ । उहाँहरु छिमेकी तथा आफन्तीको घरमा आश्रय लिएर बस्नुभएको छ । पहिरोले नेपाल राष्ट्रिय आधारभुत विद्यालय कुडुलेमा पनि क्षति गरेको छ । करिब ३५० विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालय पहिरोको उच्च जोखिममा परेपछि विद्यार्थीको पढाइ पनि प्रभावित हुने अनुमान गरिएको छ । यस्तै सुधा माध्यामिक विद्यालयमा पनि विद्यालय भवनमाथि बाट आएको वाढीले प्राङ्गणमा क्षति गरको छ । भने विद्यालयको सौचालयमा समेत क्षति पुगेको छ ।
वडा नम्वर छ______________________
अबिरल बर्षा पछि आएको पहिरो र बाढीले बंगलाचुली गाउँपालिका वडा नम्वर ६ मा लाखौँको क्षती पुराएको छ । वडाको रिभान,तिमिले , अमारे , गदारीका स्थानियएको घर,तथा खेतमा पहिरो र बाढीले लाखौँको क्षती गरेको बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले जानकारी दिनुभयो। उहाँका अनुसार रिभानमा बाढीले करिव २ सय रोपनी धान रोपेको खेतमा क्षती पुगेको छ भने खेतहरु खोलाले कटान गरेको छ ।
बंगलाचुली गाउँपालिका वडा नम्वर ६ मा अवस्थित दाङवाङ खोलाले १९ घर परिवारको खेत कटान गरेको छ । जसमा धर्म बहादुर महराको ७ रोपनी,बासुदेव महराको ४ रोपनी ,दोर्ण बहादुर महराको ४ रोपनी,डोम बहादुर महराको १६ रोपनी, डण्डीराम महरो ६ रोपनी, नर बहादुर जिसीको १० रोपनी ,गोपाल जिसीको ५ रोपनी, मिन बहादुर जिसिको ६ रोपनी, डोम बहादुर केसीको ७ रोपनी, होताराम विष्टको ४ रोपनी, गिर बहादुर केसीको ३ रोपनी,डुम बहादुर महरा ८ रोपनी, धन बहादुर डाँगीको ४ रोपनी खेत खोलाले क्षतीपुराएको छ ।
त्यसैगरी खिम बहादुर महराको ५ रोपनी, गजाधर डाँगी ५ रोपनी, माधु डाँगीको ५ रोपनी, तिलका डाँगी ४ रोपनी, पूर्ण बहादुर डाँगिको ४ रोपनी, हिमलाल वलीको ५ रोपनी खेतमा क्षतीपुगेको छ ।
यसैगरी रिभानमा रहेको सुधा प्रावि रिभानको ७ कोठाको भवन पहिरोको उच्च जोखिममा रहेको छ । यसैगरी जुगेपानी भन्ने स्थानमा वन फाटेकोहुँदा मसारी टोलको ३५ घर पहिरोको जोखिममा रहेको छ । यसैगरी उपल्लो रिभानको सल्यपानीमा रहेको दुर्गि विकको घर पहिरोको जोखिममा रहेको छ भने उहाँका छोरा कैलाश विकको नयाँ घर भत्कियो छ ।यसैगरी पहिरोले रिभान दाङवाङ सडक खण्डको सिउडेभिर पाखाबाट पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको स्थानिय अगुवा वासुदेव महराले जाकनारी दिनुभयो ।यस्तै मसुरे खोला र अरङखोलाले बंगलाचुली ६ अमारेमा २० घर स्थानियले लगाएको धानबालीमा पनि बाढीले क्षतीपुराएको छ । भने टोड्केखोलामा ९ घर परिवार विस्तापित भएका छन् ।

वडा नम्वर सात ______________________
वंगलाचुली गाउँपालिका वडा नम्वर ७ मा पनि लाखौँका क्षती भएको छ । वडा नम्वर ७ को विभिन्ना ठाउँमा स्थानियको घरमा क्षती पुग्नुका साथै स्थानिय सडकहरु भत्किएका छन् । भने ठाँउँ ठाउँमा पहिरो जाँदा स्थानियलाई आवत जावतमा समस्या भएको छ । भने यो समाचार तयार पार्दा सम्म वडा नम्वर ७ को पूर्ण विवरण भने हामिलाई अझै प्राप्त हुन सकेको छैन ।
वडा नम्वर आठ_____________________
अबिरल बर्षा पछि आएको पहिरो र बाढीले बंगलाचुली गाउँपालिका वडा नम्वर ८ मा लाखौँको क्षती पुराएको छ । वडाको विभिन्न टोलका घरहरुमा पहिरोले क्षतीपुराएकोछ । भने खेत तथा बारी पहिरो गएको बंगलाचुली गाउँपालिका वडा नम्वर ८ का अध्यक्ष झविन्द्र गाहाले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्वर ८ मा ३२ घर परिवारको घर भत्किएको छ ।भने सयौँ घरहरु पहिरोको उच्च जोखिममा रहेका छन्
वडा नम्वर ८ मा भक्त बहादुर कवर,देवीराम गाहा,लुम बहादुर मस्याङ्गी,
खेतुलाल गाहा, टिकाराम गाहा, डम्वर बहादुर दर्लामी, नरविर सुनार, मुगीराम घर्ती, घनश्याम खड्का, झगी डाँगी ,भोजराज डाँगी, दिमान सिङ गाहा,गिरिराज गाहा,लिला बहादुर सोमै,खिम बहादुर गाहा, केशर सिङ गाहा,
गिर बहादुर सारु,दाम बहादुर सारु,यमलाल गमाल,शक्ति थापा,मिनलाल गमाल,गोपाल राना,तुलविर राम्जाली,भिम बहादुर गाहा,देवीराम थापा,मन बहादुर रामजालीको घर भत्किएको छ । त्यसैगरी कविराम बुढा, तुल्सीराम मर्साङ्गी,सुर्य सोमै,गोकरण बहादुर राना,पुनाराम पुन,जिवलाल पुनको पनि घरमा क्षती पुगेको छ । वडा अध्यक्ष गाहाका अनुसार पिडितहरु स्थानिय छिमेकीको घरमा बासेका छन् ।

यसैगरी बंगलाचुली ८ को ढाव टोलका ३० घर, स्याँला टोलका ९० घर पहिरोको उच्चजोखिममा रहेका छन् । वर्षातले आंसिक क्षेतीपुगेका घरहरु सयौँका संख्यामा रहेका छन् । वडा नम्वर ८ मा १२ जति घर परिवार रहेका छन् । यस्तै बंगलाचुली गाउँपालिकाको वडा नम्वर ३,५,६,७ र ८ भएर बग्ने स्थानिय अर्नुन खोला र गहना खोलामा पर्ने सयौँ विगाह खेतमा पाकेको धान सहित खेत बगाउँदा किसानहरु अत्यन्त चिन्तित भएका छन् ।
क्षतिको विवर संकलनमा व्यस्त जनप्रतिनिधिहरु
यसैविच बंगलाचुली गाउँपालिका सम्पूर्ण जनप्रतिनिधिहरु अहिले गाउँपालिकाको प्रत्येक वाडाहरुमा क्षतिको विवरण संकलन गर्नमा व्यस्त हुनुभएको छ । गाउँपालिका अध्यक्ष तुल्सीराम पुन शुवास, उपाध्यक्ष भक्त बहादुर जिसी , वडा नम्वर एक देखि आठ सम्ममका वडाका अध्यक्ष कार्यपालिका सदस्य र वडा सदस्यहरु टोल ,पिडित परिवारलाई भेटी क्षतिको विवरण संकलन गर्ने काम गरिरहनु भएको छ । बंगलाचुली गाउँपालिकाका ८ वटै वडाका अध्यक्षहरु पनि प्रत्यक्ष जनताको घरदैलोमा पुगेर क्षतीको विवरण ल्याई रहनु भएको छ ।उहाँहरुले जनतालाई अभाव र समस्याबाट समयमै मुक्त बनाउनका लागि आफुहरु रातदिन नभनेर लागिरहेको प्रतिक्रया दिनुभएको छ ।

बंगलाचुली गाउँपलिकाका नागरिकलाई विपदको समयमा स्थानिय सरकारको अनुभुत हुनेगरी आफुहरु नागरिकको ज्यु ज्यानको रक्षा र पिडितहरुको अवस्थाको विवरण संकलन गर्ने कार्यमा दिनरात खटीरहेको बंगलाचुली गाउँपालका अध्यक्ष तुल्सीराम पुन शुवासले बताउनु भयो ।

यसैगरी पिडितहरुलाई जति सक्यो छिटो उद्धार गरी सुरक्षति स्थानमा लैजानु अहिले गाउँपालिकाको पहिलो प्राथमिकता रहेको भन्दै सोही अनुसार आफुहरुले काम गरिरहेको गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले जानकारी दिनुभयो ।

दाङ सहित देशभर आएको अविरल वर्षाले वितण्डा मच्चाउँदा बंगलाचुलीले पनि लाखौँको क्षति व्यहोर्नु परेको र नागरिकको लाखौँको क्षती भएकोमा आफुहरु निकै दुखित रहेको अध्यक्ष र उपाध्यक्षको भनाई छ ।यो दुखको समयमा सबैले आफ्नो ठाउँबाट पालिकालाई सकारात्मक सहयोग गर्न समेत अपिल गर्नुभएको छ । स्रोत : मिडियामा बङ्गलाचुली गाउँपालिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

प्रथम एच के क्रिकेट कपको उपाधी सप्तरङी फाटालाई

१४, कार्तिक २०८१, बुधवार हर्नोक :- दाङ घोराही उपमहानगरपालिका...

घरको पेटीबाट लडेर सल्यानमा एकजनाको मृत्‍यु ।

६ कार्तिक मंगलबार, २०८१, सल्यान:- सल्यानमा घरको पेटीबाट लडेका एक...

बाग्लुङमा पुनः निर्माण गर्दै गरेको घर भत्किदा एकको मृत्‍यु ११ घाइते ।

२९ भदौ, २०८१ , ढोरपाटन (बागलुङ) :- बागलुङको बुर्तिबाङमा...

रोल्पामा जिप पल्टिदा ८ जनाको ज्यान गयो पहिचान खुल्न बाँकी ।

रोल्पा:-  रोल्पाको माडिगाउँपालिका ३ परेवामा जिप दुर्घटना हुँदा ८...