spot_img

जाल्पादेवि सामुदायिक वनको २१ औं साधारणसभा सम्पन्न

Date:

शनिबार, चैत ४, २०७९
#dang news 

दाङको घोराही उपमहानगरपालिका वडा न १ हर्नोकमा रहेको श्री जाल्पा देवि सामुदायिक वन उपभोक्ता समुहको २१ औं वार्षिक साधारणसभा आज सप्पन्न भएको छ । गत वर्षको आर्थिक आयव्यय तथा विभिन्न कार्यविधि प्रस्तुति र आगामी समयमा यस संस्थाले आम उपभोक्ता समुहलाई प्रदान गर्ने विभिन्न सेवा सुबिधा सम्बन्धि छलफल भएको छ। उक्त सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष श्री नारायण प्रसाद पाण्डे को अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा न १ का वडा सदस्य श्री मदन कुमार न्यौपानेको प्रमुख अतिथिमा सो कार्यक्रमको आयोजना गरिएको थियो । सामुदायिक वनले समाजमा मात्र नभई विश्वलाई नै फाइदा दिइरहेको र वनलाई सहि रूपमा सदुपयोग गर्ने जिम्मेवारी सम्पुर्ण व्यक्तिको रहेको र हामीले आर्थिक रूपमा पनि फाइदा लिइएको तथा अझ प्रभावकारी तरिकाले वनको उपयोग गर्न सकिने जानकारी एक व्यक्ताले बताउनुभयो । भेग बहादुर थापा बाट सुरु भएको मन्तव्य नारायण पाण्डेले समापन गर्नुका साथै कार्यक्रमको सहजीकरण नारायण घर्तिले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

एक एक दिनको तलब जम्मा गरेर १५ लाख रुपैया भुकम्प पीडितहरुलाई सहयोग गर्दै घोराही उपमहानगर

आईतवार, कार्तिक १९, २०८० घोराही दाङ : दाङको घोराही उपमहानगरपालिकाले...

दाङ रामपुरको भोटेदहमा महायज्ञ लाग्ने

घोराही, १६ असोज दाङ : स्थानीय क्षेत्रमा आध्यात्मिक जागरण एवं...

दाङमा पोखराबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, १४ यात्रु

दाङ- दाङमा बस दुर्घटना भएको छ। पाोखराबाट सुर्खेत जाँदै...

दाङमा काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे रात्री बस दुर्घटना, २५ बढी यात्रु घाइते।

मंगलबार, असोज ०९, २०८० दाङ : काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे...