spot_img

दमकल कर्मचारी माथि हातपात गरेको आरोपमा ३ जना पक्राउ

Date:

शुक्रबार , जेठ १९ , २०८०
कपिलवस्तु : जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दमकल कर्मचारी माथि हातपात गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गाउमा आगलागी भएको र सोही क्रम्मा दमकल लिएर घटनास्थल गएका दमकल चालक , फायरम्यान र नगर प्रहरी माथि हातपात गरी दमकलमा समेत क्षेती पुर्याउने गरी आक्रमण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
गत जेठ १४ गते राती कारीब ८ : ३० बजेको समयमा कपिलवस्तु नगरपालिका वडा न ८ मैनिहावा गाउमा आगलागी भएको थियो उक्त आगो नियन्त्रण गर्न गएका कर्मचारी पानी सकिएर पानी भर्न जादै गर्दा दमकल रोकी कर्मचारी माथि हातपात तथा दमकलमा भौतिक क्षेती पुर्याएको आरोपमा उनीहरु पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा न ८ दोहनीका २५ वर्षे अम्मर चौधरी भनिने राजेश कुर्मी, ३२ वर्षे राम प्रसाद कुर्मी र ३८ वर्षे शिव पूजारी कुर्मी रहेको र घटनाको बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...