६ कार्तिक मंगलबार, २०८१,
सल्यान:- सल्यानमा घरको पेटीबाट लडेका एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका २ डाँडागाउँ घर भई शारदा नगरपालिका ३ को वडा कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत कर्मचारी वर्ष ५२ का ओइलु रोकायको सोमबार बिहान मृत्यु भएको हो ।आइतबार बेलुकी घरको पेटीमा बसेका उनी एक्कासि लडेका थिए । घरको पेटीबाट लडेका रोकायको टाउकोमा भित्री चोट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए । लडेर अचेत भएका उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल सल्यान लगिएको र त्यहाँबाट रेफर गरेर प्रदेश अस्पताल सुर्खेत हुँदै नेपालगन्ज लैजाँदै गर्दा बाटैमा मृत्यु भएको उनले जानकारी गराए । उनका अनुसार मृत्यु भएका रोकायको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा ल्याउन थालिएको छ ।
स्रोत:- छहरा अनलाइन
घरको पेटीबाट लडेर सल्यानमा एकजनाको मृत्यु ।
Date: