बिहीवार , भदौ २, २०७
दाङ : ´हनि ट्रयाप`को घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।दाङको घोराही उपमहानगरपालिका १० नारायणपुरबाट एक व्यापारीलाई हनिट्रयापमा पारेको आरोपमा दाङका विभिन्न स्थानबाट एक युवक र चारजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार घोराही १० नारायणपुरको एउटा गिरोहले एकजना व्यापारीसँग प्रेमको नाटकगरी शारीरिक सम्बन्ध राखेर पछि बलात्कारको मुद्दा हाल्ने भन्दै रकम असुलेको थियो । सोहि अभियोगमा दिलिपकुमार वली,शर्मिला नेपाली,शान्ता नेपाली,पार्वता डाँगी रदेवा डाँगी पक्राउ परेका छन् । उनीहरूलाई अपराधिक लाभको कसुरमा म्याद थपगरी प्रहरीले अनुसन्धान थालेको छ । पक्राउ परेकापाँचै जना घोराही १० नारायणपुरका स्थायी बासिन्दा हुन् । स्रोतका अनुसार सोही घटनामा संलग्न भएका अजय बुढाथोकी भने फरारछन् । प्रहरीले उनको खोजीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरेको छ । उक्त समुहले साउन २७ गते एकजना व्यापारीसँगशारीरिक सम्बन्ध राखे बापत १ लाख रूपैयाँ नगद लगेको र सोहि दिन दिउँसो थप रकम नदिए बलात्कारको मुद्दा हाल्ने भन्दै धम्कीदिएपछी ती व्यापारीले ११ लाखको चेक त्यो गिरोहलाई दिएका थिए । हनि ट्रयापको गिरोहलाई चेक दिएपछी विक्षिप्त भएका तीव्यापारी सोही दिन जिप्रका पुगेका थिए ।
उनको उजुरीपछी दाङ प्रहरी प्रमुख सुरेस काफ्लेले उक्त गिरोह पक्राउ गर्न प्रहरी परिचालन गरेका थिए । काफ्ले अपराध न्यूनीकरणमाअब्बल प्रहरी अधिकारीका रूपमा परिचित छन् । भिडियो
इरानमा विवाह गर्न लागेकी युवती कुमारी नै हुनुपर्ने मान्यता छ। कहिलेकाहीँ पुरुषहरू आफूले बिहे गर्न लागेकी महिलाको कौमार्य पुष्टि गर्ने प्रमाणपत्र खोज्छन्। विश्व स्वास्थ्य...
काठमाडौं– बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा बागलुङको ताराखोला गाउँपालिका–१ घर भइ पोखरा मिरुवा बस्ने २७ वर्षीया दीक्षा पुन...
रुपन्देही: नेपाल बैंक लिमिटेड बर्दिया गुलरिया शाखाका प्रबन्धक धबेन्द्र न्यौपानेले रकम हिनामिना गरी सम्पर्कविहीन भएपछि केन्द्रीय कार्यालयले उनलाई निलम्बन गरी छानबिन प्रक्रियालाई अगाडि बढाएको...