spot_img

कैलालीमा चरा फोटोग्राफी प्रतियोगिता हुँदै

Date:

२ मंसिर बौनिया कैलाली । कैलालीमा चरा फोटोग्राफी प्रतियोगिताको आयोजना गरिने भएको छ । जिल्लाको घोडाघोडी नगरपालिकामा रहेको बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डको आयोजनमा मङ्सिर १६ र १७ गते सो प्रतियोगिता आयोजना हुने जनाइएको छ ।

जैविक विविधता सँगै चराहरूको महत्त्वपूर्ण वासस्थानका रूपमा रहेको घोडाघोडी ताल क्षेत्रलाई चरा पर्यटनका रूपमा विकास गर्न प्रतियोगिताको आयोजना गरिएको बोर्डका उपाध्यक्ष दयाराम चौधरीले बताए । चरा सँगै यस क्षेत्रको थप प्रचार प्रसार र पर्यटन विकासका लागी देशभरिबाट फोटोग्राफरहरूलाई आमन्त्रित गरिने छ । उनले भने,… “हाल सम्म यस क्षेत्रमा हुन नसकेको काम पहिलो पटक हामीले गर्दै छौ । यसले घोडाघोडीको पर्यटन विकासमा ठुलो मदत पुग्ने विश्वास पनि गरेका छौ ।”

प्रतियोगिताको विजेताले नगद ३० हजार, उपविजेताले क्रमशः २० हजार र १० हजार प्राप्त गर्नेछन् । देशभरिबाट ३० बढीको सहभागिता रहने अनुमान गरिएको सो प्रतियोगितामा सहभागी हुन चाहानेले मङ्सिर १४ गते भित्र आफ्नो नाम दर्ता गर्न आयोजकले आग्रह समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

परदेश बाटै उद्योगिहरुलाई चेतावनी :- हामी ती उद्योगका टिपरहरू जलाउनेछौं!

भेग राज थापा  दाङ बङ्गलाचुली :- दाङको बङ्गलाचुली गाउपालिका - ३...

धारपानी मेला व्यवस्थापनकाे तयारी अन्तिम चरणमा।

विमल याेगी दाङ,२ फागुन :- दाङकाे धारपानीमा यहि फागुन ३...