spot_img

देशभर थप ३४१ जनामा कोरोना संक्रमण पुस्टि, ३ जनाको मृत्यु

Date:

२७, मंसिर २०७८ काठमाडौं । देशभर बितेको २४ घण्टामा ३४१ जनामा कोरोना संक्रमण पुस्टि भएको छ ।

देशभर विभिन्न प्रयोगशालामो १० हजार ४१६ पीसीआर र २ हजार ८२० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २० हजार ३४५ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ८२४ सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३७६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ७ हजार १५४ पुगेको छ। उक्त अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५७ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...