spot_img

स्रोत नखुलेको नेपाली रकम सहित एक जना पक्राउ

Date:

८, पौष २०७८ कैलाली ।

कैलालीमा नगत रु.१८ लाख २७ हजार सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत उत्तरप्रदेश लखिमपुर खिरी बस्ने निरज कुमार राजपुत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनी धनगढी उप-महानगरपालिका वडा नं.०२ त्रिनगर भन्सार स्थित भारत गौरिफन्टा हुदै धनगढी तर्फ आई रहेको बेला पक्राउ परेका हुन ।

पक्राउ परेका राजपुतले लगाएको ज्याकेटको भित्र लुकाई छिपाई गरी ल्याउदै गरेको नेपाली रु.१८ लाख २७ हजार फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनी बुधबार दिउँसो करिब ३:३० बजेको समयमा पक्राउ परेका हुन ।

उनको साथ बाट बरामद गरेको सो रकमको सही रुपमा कुनै किसिमको उदघोषण नगरी भारतबाट नेपाल ल्याएको देखिएको हुँदा सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन २०६४ को दफा २९ (क) को कसुरमा दफा २९ ख. को उपदफा २ बमोजिम बिगो जफत गरी बिगो बराबर जरीवाना हुने कारवाहीका लागी बरामदी नगदका साथ आवश्यक कारवाहीका लागी पक्राउ परेका निरज कुमार राजपुतलाई कैलाली भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...