spot_img

मंगलबार सुनको मुल्यमा सामान्य गिरावट, चाँदीको मूल्य भने स्थिर

Date:

२३, कार्तिक काठमाडौ । नेपाली बजारमा आज पहिलो धातु सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
सुनको मुल्यमा सामान्य गिरावट आए पनि चाँदीको मूल्य भने स्थिर नै रहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा मंगलबार दुई सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो ।

मंगलबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

यस्तै मंगलबार चाँदीको मूल्य स्थिर भए सङ्गै चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । सोमबार पनि सोही मूल्य नै कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...