दाङ, पुस १३ ।
कैदी भागेको घटनामा जेलर र प्रहरी हवल्दारको समेत संलग्नता देखिएपछि प्रहरीले उनीहरुलाई पनि पक्राउ गरेको छ ।
https://youtu.be/U8vBSX3GsuE
जेलर युवराज परियार, प्रहरी ईन्चार्ज, प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन र प्रहरी हवल्दार गणेश बहादुर थारुलाई पक्राउ गरिएको घोराही कारागारका जेलर अमरबहादुर ओलीले जानकारी दिए ।
केहीबेर अघि मात्रै उनीहरुलाई पक्राउ गरि प्रहरी हिरासतमा राखिएको ओलीले जानकारी दिए । परियारलाई जेलरबाट मुक्त गरि जिल्ला प्रशासन कार्यालयमा तानिएपछि ओलीलाई नयाँ जेलरका रुपमा घोराही कारागारामा खटाईएको छ ।
जेलर ओलीका अनुसार कैदी भगाउने कार्यमा पहिलाका जेलर परियार अनि प्रहरी ईन्चार्ज र हवल्दारको समेत संलग्नता देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो ।


