spot_img

यी हुन आफ्नै साथी र श्रीमतीबाट मा’रिएका लप्टेन चौधरी । (भिडियो सहित )

Date:

दाङ देउखुरी : घ’टना हो दाङको राप्ती गाउपालिका वार्ड नम्बर ३ बसन्तापुरको । सुन्दा अचम्म लाग्छ अझ यो घटनाको सामना गर्ने परिवारमा झन कस्तो होला । अहिलेसम्म नेपालमा भएका ह’त्या का’ण्ड प्रायः जसो आफ्नै नजिकका आफन्ती तथा साथीभाइबाटै भएको देखिन्छ ।

मृ’तक लप्टेन चौधरी र ह’त्यारा सावित भएका हनुमान चौधरी पहिले देखिकै साथी थिए ।प्रायः जसो मन मिल्ने र सँगै हिड्डुल गर्ने गर्दथे, तपाई हामीलाई पनि थाहा छ साथी भनेपछि दाइभाइ भन्दा पनि प्यारो लाग्छ, हो यस्तै थियो उनीहरुको बीचमा पनि, मृ’तक लप्टेन र ह’त्यारा हनुमानको दिन पनि बित्दै गयो यस्तै क्रममा एकदिन हनुमान लप्टेनको घरमा घरायसी काम गर्न भनी आएका रहेछन त्यो दिन देखि हनुमान र लप्टेनका श्रीमती उमादेवी बिचमा चिनजान भयो ।

भन्ने गरिन्छ नि “आँखा लोभी मन पापी भयो भने कसैको केही लाग्दैन” भनेर हो यस्तै भयो उनिहरु बिच पनि, लप्टेनका श्रीमती उमादेवी चौधरी र हनुमान चौधरी बिचमा माया बसेछ अथवा एकाअर्कालाई प्रेम गर्न पुगेछन तर यो कुरा त्यि दुईलाई बाहेक अरुलाई थाहा भएन ।

अर्को भनाइ `घैटो भरियो भने पानी छल्किन्छ´ हो यस्तै भयो उनिहरु बिचको सम्बन्ध, बिस्तारै बिस्तारै गाउँ घरमा सबैलाई थाहा भयो तर भन्न कसैको आट भएन। यस्तै हुदाहुदै घरपरिवारमा पनि छोरिहरुलाई थाहा भयो अनि छोरीहरुले आमालाई यस्तो नगर्नु भनेर भने तर आमाले कुनै वास्ता गरेनन् ।पछि श्रीमानलाई पनि शं’का लाग्न थालेछ र श्रीमानले श्रीमतीलाई गाली गर्दै यस्तो नगर्न आग्रह गरे तर उनले उल्टै मैले कोसँग के गरेको छु र भन्दै चर्को स्वरमा कराउथे, यति मात्र हैन उमादेवी कहि कतै जादा आउँदा पनि हनुमानसँगै बाइकमा आउने जाने गर्दथे यहाँ सम्मकी हनुमान घरमै लिन आउने अनि छोड्न आउने गर्दथे छोरीहरुको भनाइ ।

गाउले र छरछिमेकीहरु पनि भन्छन हामिले पनि सँगै हिडेका देख्थेउ तर के गर्नु सम्बन्धको बारेमा बोल्ने बलियो प्रमाण थिएन आज थाहा भयो । यसरी आफ्नै जिबन साथीलाई मारेर गइ आखिर जानू थियो भने गएको भए हुन्थ्यो बिचरा अब यी पाँच पाँच बहिनी छोरिहरु कसको मुख हेर्ने एक छिमेकीले भनिन ।

घ’टना यस्तो थियो

दाङको राप्ती गाउपालिका वडा नम्बर ३ बसन्तापुर बस्ने ५४ वर्षीय लप्टेन चौधरीको माघ २९ गते रातको समयमा श्रीमती उमादेवी र साथी हनुमान चौधरी मिलि ह’त्या गरि राप्ती नदिमा फालिदिएका थिए । फागुन १ गते श्रीमती उमादेवी श्रीमान हराएको भन्दै खोजी गर्न फागुन ५ गते प्रहरी कहाँ पुगेकी थिइन । प्रहरीमा उजुरी परेपछि प्रहरीले खोजी गर्ने क्रममा लप्टेनको श’व फागुन ५ गते बेलुकी ६ बजे तिर दाङ गढवा गाउपालिका वडा नम्बर २ कोठरी स्थित राप्ती नदिमा फेला पारेका थिए । यो घ’टनाको अनुसन्धान गर्दै जादा उनको ह’त्या गर्ने उनकै श्रीमती ५० वर्षीय उमादेवी चौधरी र साथी ५२ वर्षीय हनुमान चौधरी भएको पुष्टि गरि सार्वजनिक भएका हुन । (भिडियो सामग्री )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

एक एक दिनको तलब जम्मा गरेर १५ लाख रुपैया भुकम्प पीडितहरुलाई सहयोग गर्दै घोराही उपमहानगर

आईतवार, कार्तिक १९, २०८० घोराही दाङ : दाङको घोराही उपमहानगरपालिकाले...

दाङ रामपुरको भोटेदहमा महायज्ञ लाग्ने

घोराही, १६ असोज दाङ : स्थानीय क्षेत्रमा आध्यात्मिक जागरण एवं...

दाङमा पोखराबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, १४ यात्रु

दाङ- दाङमा बस दुर्घटना भएको छ। पाोखराबाट सुर्खेत जाँदै...

दाङमा काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे रात्री बस दुर्घटना, २५ बढी यात्रु घाइते।

मंगलबार, असोज ०९, २०८० दाङ : काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे...