spot_img

एमाले बंगलाचुली गाउँपालिकाको अध्यक्षमा यमुना

Date:

बंगलाचुली : नेकपा एमाले बंगलाचुली गाउँपालिकाको अध्यक्षमा  यमुना थापा घर्ती निर्वाचित भएकी छन् । पार्टी गाउँ कमिटीको शनिबार सम्पन्न विशेष भेलाबाट यमुना अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् । उक्त भेलाले यमुना थापा घर्तीको अध्यक्षतामा ७५ सदस्यीय गाउँ कमिटी चयन गरेको छ । जसको सचिबमा दलबहादुर खत्री, कोषाध्यक्षमा सुशील परियार, सहसचिव देबि राम जिसी र लालबहादुर गिरी लगायत रहेका छन् । भेलालाई सम्बोधन गर्दै प्रदेश कमिटी सदस्य भेष राज खत्रीले अब बंगलाचुलीलाई भ्रष्टाचार र अनियमितलाई निर्मुल पार्न नेकपा एमालेले अहम् भूमिका निर्वाह गर्नुपर्ने भन्दै नयाँ कमिटीलाई निर्देशमूलक सुझाव दिनुभयो । शिक्षक संगठनका दाङ्ग जिल्ला उपाध्यक्ष शोमबहादुर ओलीले नयाँ निर्वाचित कमिटीलाई शुभकामना दिँदै अब पार्टी लाई संचालन गर्न प्रबिधिलाई आत्मसात गर्दै अगाडि बढ्न सबै नेता कार्याकर्तालाई आग्रह गर्नुभयो ।

खिमान सिंह ओलि, बेद प्रकाश जि. सि, बिस्नु अर्याल , लगायतले निर्वाचित टिमलाई शुभकामना दिनुभएको थियो। जेष्ठ नागरिक हुकुम थापाको अध्यक्षता एवं पार्टीका प्रदेश कमिटी सदस्य भेष राज खत्रीको प्रमुख अतिथि तथा पदम खत्रीको बिशिस्ट आतिथ्य्तामा भएको भेलामा जिल्ला सदस्यहरु बिस्नु अर्याल, बेद प्रकाश जिसी, शिक्षक संगठनका जिल्ला उपाध्यक्ष सोम बहादुर ओलि, शिक्षक संगठनका गाउँपालिका अध्यक्ष खिमान सिंह ओली लगायतको उपस्थिति थियो। जिल्ला कमिटी सदस्य बिस्नु आर्यलको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रम संचालन निवर्तमान सचिव भोजराज पन्थीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

spot_img

लोकप्रिय

यस्तै किसिमका थप समाचार

वर्ष दिन हुँदा पनि अझै मर्मत भएन धारापानी जाने पुल छेउको सडक ।

भेग राज थापा, विहिबार, साउन १, २०८२ दाङ :-दाङको प्रसिद्ध धार्मिक...

माछा मार्ने क्रममा भेरी नदीले वीरबहादुरलाई बेपत्ता बनायो ।

भेग राज थापा, सोमबार, असार ३०, २०८२ दाङ :- रुकुम पश्चिमको...